३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्पतालहरुमा चिकित्सा सामग्री अभाव हुन थाल्यो



अ+ अ-

काठमाडौं: जेन जी हरुले गरेको प्रदर्शनका क्रममा प्रहरी कारबाहीमा परेका सयौं व्यक्ति घाइतेहरु अहिले राजधानीका विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् ।

राजधानीका ट्रमा सेन्टर, सिभिल अस्पताल, टिचिङ, केएमसी समेतका अस्पतालमा चार सय भन्दा बढी घाइतेहरुको उपचार भइरहेको छ । तर अस्पतालमा अहिले अत्यावश्यक चिकित्सा सामग्रीको अभाव हुन थालेको छ ।

रगत अभाव भने नभएको बताइएको छ । एक चिकित्सकका अनुसार, अस्पतालमा बिरामीको चाप अत्यधिक रहेकाले ग्लाेब, स्लाइन, सिरिन्ज जस्ता चिकित्सा सामग्री अभाव हुन थालेको छ । खासगरी अत्यावश्यक लाइफ सेभिङ सामग्रीको अभाव छ ।

अस्पतालमा कुनै किसिमको अभाव हुन नदिन विभिन्न संस्थाहरुले सामान उपलब्ध गराए पनि त्यो पर्याप्त नहुने स्थिति उत्पन्न भएको ती चिकित्सकले बताए ।