काठमाडौँ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा जेनजी पुस्ताले बिहानैबाट प्रदर्शन गरिरहेका छन् ।
आन्दोलनको दोस्रो दिन बिहानैदेखि काठमाडौंका विभिन्न स्थानमा प्रदर्शन गरेका हुन् ।
जेनजी पुस्ताले काठमाडौं उपत्यकासहित देशभर नै आन्दोलन चर्काउँदै लगेका छन् । काठमाडौंको कलंकी, नयाँ बानेश्वर, संसद भवन लगायतका क्षेत्रहरुमा सडकमा टायर बालेर विरोध प्रदर्शन भइरहेको छ ।
सोमवार जेनजी पुस्ताले भ्रष्टाचारको विरोधमा प्रदर्शन गरेका थिए । नयाँ बानेश्वर लगायतका क्षेत्रमा प्रदर्शन भइसकेपछि संसद भवनमा प्रवेश गर्न खोज्दा आन्दोलन भड्किएको थियो । प्रहरीले अश्रु ग्यास, गोली प्रहार गर्दा २० जनाको मृत्यु भइसकेको छ ।











