१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बदलिएको कांग्रेसले देश पनि बदल्छ भन्ने विश्वास लिएर महाधिवेशनबाट जानुपर्छ : गगन थापा News Polar देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा News Polar म्युजिकल चियरजस्तो बनेको राजनीतिले सबै पार्टी र नेता एउटै हुन् भन्ने सन्देश गयो जसले भदौ २३ र २४ आयो : गगन थापा News Polar संसद बन्द छ, पार्टी बन्द छ, त्यसैले देशलाई खुलामञ्च चाहिएको छ : गगन थापा News Polar सरकार ढल्दैन, ढल्छ भन्नेहरू नै बेहोस भएर ढल्छन् : रवि लामिछाने News Polar देउवालाई छोडिदिँदा राम्रो हुन्छ, म सुझाव दिन चाहन्छु : रवि लामिछाने News Polar कांग्रेसको इतिहास नै उसको ठूलो राजनीतिक पुँजी हो : रवि लामिछाने News Polar रवि लामिछानेको व्यंग्य– ‘निष्ठा मात्रै पुँजी मानिएको भए म पनि कांग्रेस हुन्थेँ’ News Polar प्रचण्डको चेतावनी : देश, लोकतन्त्र र संविधान गम्भीर अप्ठेरोमा छ News Polar गगन थापाले कांग्रेसमा निरन्तरताको क्रमभंग गरे, अब देशको नेतृत्व गर्ने बाटोमा हिँड्नुस् : प्रचण्ड News Polar महाधिवेशन यात्राको सुरुवात हो, बलियो कांग्रेससहित अगाडि आउने छौँ : विश्वप्रकाश शर्मा News Polar कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान News Polar लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुन सक्छ, यसमा कांग्रेसकै नेतृत्व हो : राजेन्द्र लिङ्देन News Polar कांग्रेससँग मिलेर लोकतन्त्रको रक्षा गर्न फेरि सहकार्य गर्ने समय आएको छ : शंकर पोखरेल News Polar राजनीतिक दलहरूलाई लिङदेनको चेतावनीः ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’ News Polar ‘नियन्त्रित लोकतन्त्र नेपाली जनताको नियति हुन सक्दैन’ : शरतसिंह भण्डारी News Polar २० वर्षभित्र नेपाललाई विकसित देश बनाउने योजना बनाउनुपर्छ : भट्टराई News Polar गगनले देशको नेतृत्व गर्न सक्छन्, मलाई विश्वास छ : रेशम चौधरी News Polar नियन्त्रित लोकतन्त्र नेपाली जनतालाई स्वीकार्य हुँदैन : शरतसिंह भण्डारी News Polar रेशम चौधरीको प्रश्न : गणतन्त्रसँगै हाम्रो पहिचान र धर्म किन साटियो ?

‘अर्थतन्त्रको सूक्ष्म अध्ययन हुँदै’

‘अर्थतन्त्रको सूक्ष्म अध्ययन हुँदै’
अ अ+ अ-

काठमाडौँ । कोभिड–१९ को सङ्क्रमण न्यूनीकरण गर्न लागू गरिएको बन्दाबन्दीले अर्थतन्त्रमा पारेको प्रभाव राष्ट्र बैङ्कले सूक्ष्म ढङ्कले अध्ययन गरिरहेको बताएको छ । राष्ट्र बैङ्क स्थापनाको ६४औँ वर्ष पूरा गरी ६५औँ वर्षमा प्रवेश गरेको अवसरमा गभर्नर महाप्रसाद अधिकारीले वक्तव्य जारी गर्दै मुलुकको पर्यटन, उद्योग, व्यापार, व्यवसाय तथा वित्तीय क्षेत्रमा परेको असरलाई ध्यानमा राख्दै राष्ट्र बैङ्कबाट सम्बन्धित सबैलाई सहज हुनेगरी केही राहत कार्यक्रम घोषणा गरी कार्यान्वयनमा ल्याइसकेको उल्लेख गरेका छन्। कोभिड–१९ बाट प्रभावित क्षेत्र तथा वर्गप्रति संवेदनशील रही जिम्मेवारी बोधका साथ राष्ट्र बैङ्कले वित्तीय क्षेत्रबाट समेत राहत सहुलियत प्रदान गर्न सकियोस् भन्ने उद्देश्यले केही सहुलियत तथा छुट प्रदान गर्ने व्यवस्था गरेको उनले बताए।

सामाजिक दूरी कायम गर्न घरमै बस्नुपर्ने भएका कारण ऋणीलाई कर्जा भुक्तानीमा हुनसक्ने असहज परिस्थितिका कारण २०७६ चैत महिनामा भुक्तानी गर्नुपर्ने मासिक÷त्रैमासिक किस्ताको भुक्तानी अवधि तीन महिनाका लागि बढाइएको र समयमै ब्याज भुक्तानी गर्ने ऋणीलाई मासिक/त्रैमासिक ब्याज रकममा १० प्रतिशत छुट दिने व्यवस्था गरिएको उनले उल्लेख गरेका छन् ।कोभिड–१९ का कारण उत्पन्न असहज परिस्थितिमा बैङ्क तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जाको निरन्तरता मार्फत आर्थिक गतिविधि चलायमान् होस् भन्ने उद्देश्यले राष्ट्र बैङ्कबाट नियामकीय छुट सम्बन्धी विभिन्न निर्देशन जारी गरिएको उनले बताए ।

यस अन्तर्गत अनिवार्य नगद मौज्दात तथा बैङ्क दर कटौती गर्ने, ब्याजदर करिडरका दरमा समायोजन गर्ने, कन्ट्री साइक्लिकल क्यापिटल बफर सम्बन्धी व्यवस्था स्थगन गर्ने, चैत महिनामा नवीकरण गर्नुपर्ने कर्जा नवीकरण नभएको आधारमा सूक्ष्म निगरानी वर्गमा वर्गीकरण गर्न अनिवार्य नगरिने, कोभिड–१९ को उपचारका लागि सेवा विस्तार गर्न चाहने स्वास्थ्य सेवा प्रदायक संस्थालाई प्रवाह गरिने कर्जालाई प्राथमिकता प्राप्त क्षेत्रमा गणना गर्न दिइने जस्ता व्यवस्था समावेश गरिएका छन् । कोभिड–१९ को फैलिँदो सङ्क्रमणको असहज परिस्थितिबाट पर्यटन, उद्योग, व्यापार, व्यवसाय लगायतका क्षेत्रमा परेको असर न्यूनीकरण गर्दै आर्थिक गतिशीलता बढाउन राष्ट्र बैङ्कमा रहेको ५० अर्ब रुपियाँको पुनर्कर्जा कोषलाई ६० अर्बको बनाउने व्यवस्था गरिएको राष्ट्र बैङ्कले जनाएको छ ।

राष्ट्र बैङ्कबाट प्रदान गरिने पुनर्कजा सुविधामा कोभिड–१९ बाट प्रभावित साना तथा मझौला उद्यमीलाई प्राथमिकता दिने व्यवस्था गरिएको छ भने चालू पुँजी प्रकृतिका अल्पकालीन कर्जाको भुक्तानी अवधि ६० दिनसम्म थप हुने व्यवस्था गरिएको छ । वैदेशिक रोजगारमा जाने अनुमति लिई जान नपाएका व्यक्तिलाई राहत दिन विशेष व्यवस्था गरिएको छ जस अनुसार त्यस्ता व्यक्तिले सहुलियतपूर्ण कर्जा लिई उद्योग व्यवसाय सञ्चालन गर्न चाहेमा सङ्क्रमणको जोखिम समाप्त भएपछि निवदेन दिएको सात दिनभित्र सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने व्यवस्था गरिएको राष्ट्र बैङ्कले जनाएको छ । सङ्घ र प्रदेशमा स्थापना भएका कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा वित्तीय क्षेत्रबाट समेत सहयोग पुगोस् भन्ने उद्देश्यले बैङ्क तथा वित्तीय संस्थाले त्यस्ता कोषमा गरेको योगदान रकमलाई सामाजिक उत्तरदायित्व खर्च अन्तर्गत गणना गर्न पाउने व्यवस्था मिलाइएको गभर्नर अधिकारीले बताए।

स्वास्थ्योपचार सम्बन्धी वस्तु तथा उपकरण, औषधि, खाद्यान्न लगायत अत्यावश्यक मालवस्तु पैठारी तथा बिक्री वितरणका लागि माग हुने कर्जा शीघ्र प्रक्रियाबाट उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको राष्ट्र बैङ्कले जनाएको छ । त्यसैगरी कोभिड–१९ सँग सम्बन्धित अत्यावश्यक औषधिजन्य सामग्री तथा स्वास्थ्य उपकरणको आयात सहज बनाउन यस बैङ्कबाट प्रदान हुँदै आएको विदेशी विनिमय सटही सुविधा सहज बनाइएको छ । प्रतिकूल परिस्थितिमा बढीभन्दा बढी सेवाग्राहीले विद्युतीय माध्यमबाट बैङ्किङ सेवा प्राप्त गर्न सकून् भन्ने उद्देश्यले विद्युतीय कारोबार थप प्रभावकारी बनाइएको छ भने विद्युतीय कारोबार गर्दा २०७७ असार मसान्तसम्म कुनै पनि सेवा शुल्क नलाग्ने व्यवस्था गरिएको छ । कोभिड–१९ को सङ्क्रमणको प्रतिकूल अवस्थाका कारण बैङ्कको वार्षिकोत्सवको औपचारिक समारोह आयोजना गर्न नसकिए पनि सो अवसरमा विगत एक वर्षमा भए गरेका महìवपूर्ण कार्यको उहाँले समीक्षा पनि गर्नुभएको छ । गोरखापत्र दैनिक