१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बदलिएको कांग्रेसले देश पनि बदल्छ भन्ने विश्वास लिएर महाधिवेशनबाट जानुपर्छ : गगन थापा News Polar देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा News Polar म्युजिकल चियरजस्तो बनेको राजनीतिले सबै पार्टी र नेता एउटै हुन् भन्ने सन्देश गयो जसले भदौ २३ र २४ आयो : गगन थापा News Polar संसद बन्द छ, पार्टी बन्द छ, त्यसैले देशलाई खुलामञ्च चाहिएको छ : गगन थापा News Polar सरकार ढल्दैन, ढल्छ भन्नेहरू नै बेहोस भएर ढल्छन् : रवि लामिछाने News Polar देउवालाई छोडिदिँदा राम्रो हुन्छ, म सुझाव दिन चाहन्छु : रवि लामिछाने News Polar कांग्रेसको इतिहास नै उसको ठूलो राजनीतिक पुँजी हो : रवि लामिछाने News Polar रवि लामिछानेको व्यंग्य– ‘निष्ठा मात्रै पुँजी मानिएको भए म पनि कांग्रेस हुन्थेँ’ News Polar प्रचण्डको चेतावनी : देश, लोकतन्त्र र संविधान गम्भीर अप्ठेरोमा छ News Polar गगन थापाले कांग्रेसमा निरन्तरताको क्रमभंग गरे, अब देशको नेतृत्व गर्ने बाटोमा हिँड्नुस् : प्रचण्ड News Polar महाधिवेशन यात्राको सुरुवात हो, बलियो कांग्रेससहित अगाडि आउने छौँ : विश्वप्रकाश शर्मा News Polar कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान News Polar लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुन सक्छ, यसमा कांग्रेसकै नेतृत्व हो : राजेन्द्र लिङ्देन News Polar कांग्रेससँग मिलेर लोकतन्त्रको रक्षा गर्न फेरि सहकार्य गर्ने समय आएको छ : शंकर पोखरेल News Polar राजनीतिक दलहरूलाई लिङदेनको चेतावनीः ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’ News Polar ‘नियन्त्रित लोकतन्त्र नेपाली जनताको नियति हुन सक्दैन’ : शरतसिंह भण्डारी News Polar २० वर्षभित्र नेपाललाई विकसित देश बनाउने योजना बनाउनुपर्छ : भट्टराई News Polar गगनले देशको नेतृत्व गर्न सक्छन्, मलाई विश्वास छ : रेशम चौधरी News Polar नियन्त्रित लोकतन्त्र नेपाली जनतालाई स्वीकार्य हुँदैन : शरतसिंह भण्डारी News Polar रेशम चौधरीको प्रश्न : गणतन्त्रसँगै हाम्रो पहिचान र धर्म किन साटियो ?

अग्रवाल कालोबजारी प्रकरण: प्रहरीले तयार पार्यो अग्रवालविरुद्ध चार मुद्दा

अग्रवाल कालोबजारी प्रकरण: प्रहरीले तयार पार्यो अग्रवालविरुद्ध चार मुद्दा
सुलभ अग्रवाल
अ अ+ अ-

कोरोना महामारीका कारण मुलुक थलिएका बेला स्वास्थ्य सामग्री थर्मल गनमा कालोबजारी गरेको अभियोगमा पक्राउ परेका व्यवसायी सुलभ अग्रवालविरुद्ध चारवटा कसूूरमा मुद्दा चलाउन प्रहरीले सिफारिस गरेको छ । यही चैत २५ गते ६७ थान ज्वरो नाप्ने थर्मल गनसहित नक्सालबाट पक्राउ परेका अग्रवालविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंले कालोबजारी, अवैध भण्डारण तथा नाफाखोरी र कृत्रिम अभाव सिर्जना र सार्वजनिक पदको दुरुपयोगका चारवटा कसूूरमा मुद्दा चलाउन सिफारिस गरेको हो । मुद्दामा १५ लाख ७८ रुपियाँ बिगो र तीन वर्ष कैद तथा सार्वजनिक पद धारण गरेको अवस्थामा अपराध भएकोमा थप डेढी सजाय मागदाबी गरिएको छ ।
व्यवसायीहरूको संस्था सीएनआईका उपाध्यक्षसमेत रहेका अग्रवाल तीन दोब्बरभन्दा बढी मूल्यमा स्वास्थ्य सामग्री कालोबजारी गर्दैगर्दा प्रहरीको स्ट्रिङ अप्रेसनमा पक्राउ परेका थिए ।

किरगिस्तानका अवैतनिक महावाणिज्यदूत अग्रवाललाई मुलुकी फौजदारी सजाय निर्धारण तथा कार्यान्वयन–२०७४ अनुसार सार्वजनिक पदको दुरुपयोग गरी कसूूर गर्ने व्यक्तिलाई कसूूरमा हुने सजायको थप डेढी सजाय हुने बलियो आधार छ । महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी सोमेन्द्रसिंह राठौरका अनुसार आरोपित अग्रवालविरुद्धको अनुसन्धान सकिएको छ । अग्रवालविरुद्ध कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन–२०३२ को दफा २ (क), दफा ३ (१), दफा ५ र मुलुकी फौजदारी सजाय निर्धारण तथा कार्यान्वयन ऐन–२०७४ को एउटा दफा गरी ४ वटा कसूूरमा मुद्दा चलाउन सिफारिस गरिएको छ । पदको दुरुपयोग गरी अपराध गरेको कसूूरमा मुलुकी फौजदारी सजाय निर्धारण तथा कार्यान्वयन–२०७४ को परिच्छेद २ को दफा १५ को उपदफा २ अनुसार पनि मुद्दा चलाउन माग गरिएको छ ।

प्रहरी अनुसन्धानको थप अध्ययन गरेर सरकारी वकिलको कार्यालयले अग्रवालविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा मुद्दा दर्ता गर्ने तयारी गरेको छ । थर्मल गनको कालोबजारीमा अग्रवालले कूटनीतिक सुविधाबापत लिएको गाडीसमेत प्रयोग गरेकाले यसरी प्रयोग भएको गाडी अहिले प्रहरी नियन्त्रणमा छ । कालोबजारीविरुद्धको ऐनको दफा २ (क) मा सरकारले मोल निर्धारण गरिदिएकोमा सो मोलमा र मोल निर्धारण नगरेकोमा राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएको माल वस्तुको मोलभन्दा बढी लिएर सामान बिक्री गरेमा बरामद सामान जफत गरी आरोपितलाई एक वर्षसम्म कैद र १० लाख रुपियाँसम्म जरिवानासमेत हुने उल्लेख छ।

त्यस्तै दफा ३ को उपदफा १ मा सयकडा २० भन्दा बढी मुनाफा लिएमा वा अभावको लाभ उठाई नाफा लिइएर बिक्री गरेमा १ वर्ष कैद वा २ लाख ५० हजार रुपियाँ जरिवाना वा दुवै सजाय हुन सक्छ । सोही ऐनको दफा दफा ५ अनुसार कुनै मालवस्तुको मूल्यवृद्धि गराएर अनुचित नाफा लिई वस्तु संग्रह गरी बिक्री नगरी जम्माखोरी गरेमा १ वर्ष कैद वा २ लाख ५० हजार रुपियाँ जरिवाना वा दुवै सजाय हुन सक्छ ।

प्रहरीका अनुसार चीनबाट ३ हजारमा खरिद गरेको थर्मल गन नेपालमा १५ देखि २० हजार रुपियाँसम्म लिएर उनले बिक्री गर्दै आएका थिए । प्रहरी आफैं ग्राहक बनेर अग्रवालसँग थर्मल गन किन्न गएको थियो । त्यही क्रममा उनी नक्सालबाट पक्राउ परेका थिए । उनी हाल महानगरीय प्रहरी वृत्त दरबारमार्गको हिरासतमा छन् । नेपाल समाचारपत्र दैनिक