२४ आश्विन २०८१, बिहीबार
,
Latest
चीनले अस्ट्रेलियामाथि लगाएको प्रतिबन्ध अन्त्य गर्ने हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइयो रोजगारीका लागि मुगलान गएका दुई लाख नेपालगञ्ज नाकाबाट घर फर्किए मेलम्चीको पानी सिधै पिउन योग्य छ– कार्यकारी निर्देशक लामिछाने किन कमजोर बन्दैछन् नेपालीका हड्डी ? ताप्लेजुङको अद्वितीय सिङ्जेमा ताल पसाउन लागेका धानको बोट सुक्न थालेपछि पाल्पाका कृषक चिन्तित पूरै कार्यकाल निर्वाह गर्न पाएँ भने नेपाली खेलकुदमा धेरै सकारात्मक परिवर्तन हुनेछन्ः खेलकुदमन्त्री (अन्तरवार्ता) फूलपातीका दिन शक्तिपीठमा दर्शनार्थीको घुइँचो (फोटो फिचर) भारत सरकारद्वारा दशवटा प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज (पुल)का पार्टपुर्जा हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

अग्रवाल कालोबजारी प्रकरण: प्रहरीले तयार पार्यो अग्रवालविरुद्ध चार मुद्दा



अ+ अ-

कोरोना महामारीका कारण मुलुक थलिएका बेला स्वास्थ्य सामग्री थर्मल गनमा कालोबजारी गरेको अभियोगमा पक्राउ परेका व्यवसायी सुलभ अग्रवालविरुद्ध चारवटा कसूूरमा मुद्दा चलाउन प्रहरीले सिफारिस गरेको छ । यही चैत २५ गते ६७ थान ज्वरो नाप्ने थर्मल गनसहित नक्सालबाट पक्राउ परेका अग्रवालविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंले कालोबजारी, अवैध भण्डारण तथा नाफाखोरी र कृत्रिम अभाव सिर्जना र सार्वजनिक पदको दुरुपयोगका चारवटा कसूूरमा मुद्दा चलाउन सिफारिस गरेको हो । मुद्दामा १५ लाख ७८ रुपियाँ बिगो र तीन वर्ष कैद तथा सार्वजनिक पद धारण गरेको अवस्थामा अपराध भएकोमा थप डेढी सजाय मागदाबी गरिएको छ ।
व्यवसायीहरूको संस्था सीएनआईका उपाध्यक्षसमेत रहेका अग्रवाल तीन दोब्बरभन्दा बढी मूल्यमा स्वास्थ्य सामग्री कालोबजारी गर्दैगर्दा प्रहरीको स्ट्रिङ अप्रेसनमा पक्राउ परेका थिए ।

किरगिस्तानका अवैतनिक महावाणिज्यदूत अग्रवाललाई मुलुकी फौजदारी सजाय निर्धारण तथा कार्यान्वयन–२०७४ अनुसार सार्वजनिक पदको दुरुपयोग गरी कसूूर गर्ने व्यक्तिलाई कसूूरमा हुने सजायको थप डेढी सजाय हुने बलियो आधार छ । महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी सोमेन्द्रसिंह राठौरका अनुसार आरोपित अग्रवालविरुद्धको अनुसन्धान सकिएको छ । अग्रवालविरुद्ध कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन–२०३२ को दफा २ (क), दफा ३ (१), दफा ५ र मुलुकी फौजदारी सजाय निर्धारण तथा कार्यान्वयन ऐन–२०७४ को एउटा दफा गरी ४ वटा कसूूरमा मुद्दा चलाउन सिफारिस गरिएको छ । पदको दुरुपयोग गरी अपराध गरेको कसूूरमा मुलुकी फौजदारी सजाय निर्धारण तथा कार्यान्वयन–२०७४ को परिच्छेद २ को दफा १५ को उपदफा २ अनुसार पनि मुद्दा चलाउन माग गरिएको छ ।

प्रहरी अनुसन्धानको थप अध्ययन गरेर सरकारी वकिलको कार्यालयले अग्रवालविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा मुद्दा दर्ता गर्ने तयारी गरेको छ । थर्मल गनको कालोबजारीमा अग्रवालले कूटनीतिक सुविधाबापत लिएको गाडीसमेत प्रयोग गरेकाले यसरी प्रयोग भएको गाडी अहिले प्रहरी नियन्त्रणमा छ । कालोबजारीविरुद्धको ऐनको दफा २ (क) मा सरकारले मोल निर्धारण गरिदिएकोमा सो मोलमा र मोल निर्धारण नगरेकोमा राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएको माल वस्तुको मोलभन्दा बढी लिएर सामान बिक्री गरेमा बरामद सामान जफत गरी आरोपितलाई एक वर्षसम्म कैद र १० लाख रुपियाँसम्म जरिवानासमेत हुने उल्लेख छ।

त्यस्तै दफा ३ को उपदफा १ मा सयकडा २० भन्दा बढी मुनाफा लिएमा वा अभावको लाभ उठाई नाफा लिइएर बिक्री गरेमा १ वर्ष कैद वा २ लाख ५० हजार रुपियाँ जरिवाना वा दुवै सजाय हुन सक्छ । सोही ऐनको दफा दफा ५ अनुसार कुनै मालवस्तुको मूल्यवृद्धि गराएर अनुचित नाफा लिई वस्तु संग्रह गरी बिक्री नगरी जम्माखोरी गरेमा १ वर्ष कैद वा २ लाख ५० हजार रुपियाँ जरिवाना वा दुवै सजाय हुन सक्छ ।

प्रहरीका अनुसार चीनबाट ३ हजारमा खरिद गरेको थर्मल गन नेपालमा १५ देखि २० हजार रुपियाँसम्म लिएर उनले बिक्री गर्दै आएका थिए । प्रहरी आफैं ग्राहक बनेर अग्रवालसँग थर्मल गन किन्न गएको थियो । त्यही क्रममा उनी नक्सालबाट पक्राउ परेका थिए । उनी हाल महानगरीय प्रहरी वृत्त दरबारमार्गको हिरासतमा छन् । नेपाल समाचारपत्र दैनिक