२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगामी तिन दिनसम्मको मौसमः हावाहुरी चट्याङसहित वर्षाको सम्भावना



अ+ अ-

काठमाडौं । आज देशभरको मौसम सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केही ठाउमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। सोमबार बिहानैबाट देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव हुनुको साथै बंगालको खाडीबाट समेत जलवाष्पयुक्त हावा प्रवेश भएकाले वर्षा जारी रहने महाशाखाले जनाएको छ। पश्चिमी क्षेत्रका अधिकांश स्थानमा र मध्य र पूर्वी भू–भागका केही स्थानमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

आगामी तीन दिन यस्तो रहने छ मौसम पूर्वानुमानः

बैशाख १५ गते (सोमबार.) दिउँसोः देशभर सामान्य बदली रही अधिकांश स्थानहरुमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। रातिः देशभर सामान्य बदली रही अधिकांश स्थानहरुमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बैशाख १६ गते (मंगलबार) दिउँसोः देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। राति स् देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन, चट्या, असिना र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बैशाख १७ गते (बुधबार) दिउँसोः देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन, चट्याङ र असिना र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। राति स् देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यसैले तीन दिन नै सचेत रहन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।