१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बदलिएको कांग्रेसले देश पनि बदल्छ भन्ने विश्वास लिएर महाधिवेशनबाट जानुपर्छ : गगन थापा News Polar देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा News Polar म्युजिकल चियरजस्तो बनेको राजनीतिले सबै पार्टी र नेता एउटै हुन् भन्ने सन्देश गयो जसले भदौ २३ र २४ आयो : गगन थापा News Polar संसद बन्द छ, पार्टी बन्द छ, त्यसैले देशलाई खुलामञ्च चाहिएको छ : गगन थापा News Polar सरकार ढल्दैन, ढल्छ भन्नेहरू नै बेहोस भएर ढल्छन् : रवि लामिछाने News Polar देउवालाई छोडिदिँदा राम्रो हुन्छ, म सुझाव दिन चाहन्छु : रवि लामिछाने News Polar कांग्रेसको इतिहास नै उसको ठूलो राजनीतिक पुँजी हो : रवि लामिछाने News Polar रवि लामिछानेको व्यंग्य– ‘निष्ठा मात्रै पुँजी मानिएको भए म पनि कांग्रेस हुन्थेँ’ News Polar प्रचण्डको चेतावनी : देश, लोकतन्त्र र संविधान गम्भीर अप्ठेरोमा छ News Polar गगन थापाले कांग्रेसमा निरन्तरताको क्रमभंग गरे, अब देशको नेतृत्व गर्ने बाटोमा हिँड्नुस् : प्रचण्ड News Polar महाधिवेशन यात्राको सुरुवात हो, बलियो कांग्रेससहित अगाडि आउने छौँ : विश्वप्रकाश शर्मा News Polar कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान News Polar लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुन सक्छ, यसमा कांग्रेसकै नेतृत्व हो : राजेन्द्र लिङ्देन News Polar कांग्रेससँग मिलेर लोकतन्त्रको रक्षा गर्न फेरि सहकार्य गर्ने समय आएको छ : शंकर पोखरेल News Polar राजनीतिक दलहरूलाई लिङदेनको चेतावनीः ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’ News Polar ‘नियन्त्रित लोकतन्त्र नेपाली जनताको नियति हुन सक्दैन’ : शरतसिंह भण्डारी News Polar २० वर्षभित्र नेपाललाई विकसित देश बनाउने योजना बनाउनुपर्छ : भट्टराई News Polar गगनले देशको नेतृत्व गर्न सक्छन्, मलाई विश्वास छ : रेशम चौधरी News Polar नियन्त्रित लोकतन्त्र नेपाली जनतालाई स्वीकार्य हुँदैन : शरतसिंह भण्डारी News Polar रेशम चौधरीको प्रश्न : गणतन्त्रसँगै हाम्रो पहिचान र धर्म किन साटियो ?

चीनबाट यसरी आउँदैछ ‘जिटुजी’ प्रकृया मार्फत स्वास्थ्य सामग्री

चीनबाट यसरी आउँदैछ ‘जिटुजी’ प्रकृया मार्फत स्वास्थ्य सामग्री
अ अ+ अ-

काठमाडौं । कोभिड–१९ को संक्रमणसँग जुध्न आवश्यक पर्ने स्वास्थ्य सामग्री खरिद गरी ल्याउने विषयमा आवश्यक प्रक्रिया द्रुतगतिमा अगाडि बढिरहेको नेपाली सेनाले जनाएको छ । सरकारको निर्देशनमा सेनाले चीन र भारतबाट अत्यावश्यक स्वास्थ्य सामग्री खरिदका लागि सरकार–सरकार (जिटुजी) मार्फत प्रक्रिया अगाडि बढाएको हो । तत्कालका लागि आवश्यक पर्ने अत्यावश्यक सामग्री हवाई माध्यमबाट ल्याउने तयारी गरिएको छ । यस्तै केही सामान भने स्थलमार्गबाट ल्याउने तयारी भइरहेको छ । छिटोभन्दा छिटो सामग्री ल्याउनका लागि गरिएको पहलअनुसार नै काम भइरहेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए । कोभिड–१९ क्राइसिस म्यानजेमेन्ट सेन्टर (सिसीएमसी)ले आइतवार छाउनीस्थित नेपाली सेनाको रेञ्जर गणमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता पाण्डेले सामान आयातका लागि विभिन्न ११ संस्था इच्छुक देखिएको जानकारी दिए ।

उनीहरुको निवेदनअनुसार छनोट प्रक्रिया जारी रहेको छ । गत शुक्रबार तीनदिने म्याद राखेर गरिएको आह्वानमा इच्छुक देखिएकाहरुको छनोट गरी सामान आयातको जिम्मा दिन लागिएको उनको भनाइ छ । सेनाले चिनियाँ पक्षसँग खरिद सम्झौता सम्पन्न भई रकमसमेत भुक्तानी भइसकेकाले खरिद प्रक्रिया टुंगिएको जनाएको हो । पैसा पठाएको सातदेखि १० दिनभित्र चीनबाट सामान उपलब्ध गराउने जानकारी आएको बताउँदै उनले ढुवानीका लागि लाग्ने रकमका सम्बन्धमा रक्षा मन्त्रालय हुँदै अर्थ मन्त्रालयमा आग्रह गरिएको बताए । अत्यावश्यक सामान खरिदका लागि सेनाले एक करोड ८४ लाख ४१ हजार ७ सय ६ दशमलव ३५ अमेरिकी डलर भुक्तानी गरिसकेको छ । त्यसमा ढुवानी भाडा भने जोडिएको थिएन । नेपालले भुक्तानी गरेको रकम पाइसकेको पनि चिनियाँ पक्षले जानकारी दिइसकेको उनले बताए ।

चीनबाट ३४२ टन स्वास्थ्य सामग्री जिटुजी प्रक्रियाबाट खरिद गर्न लागिएको हो । कूल ६७ प्रकारका स्वास्थ्य सामग्री खरिदका लागि सेनाले सोमबार नै चिनियाँ पक्षलाई रकम भुक्तानी गरिसकेको हो । स्वास्थ्य उपकरण खरिदका लागि चीन सरकारको स्वामित्वमा रहेको चाइना साइनोफार्म इन्टरनेशनल कर्पोरेशनसँग सम्झौता भएको हो । दुई देशबीच भएको सम्झौतामा रकम भुक्तानी गरेको एक साताभित्र सबै सामग्री चिनियाँ पक्षले ग्वान्जाओमा जम्मा गरिदिने जनाएको छ । ती सामानमध्ये अत्यावश्यक सामान आयातका लागि हवाईजहाज पठाइनेछ । जहाजबाट तीन खेपमा सामान ल्याउने तयारी छ । यस्तै स्थलमार्गबाट आउने सामान भने ग्वान्जाओबाट सात दिन लगाएर नेपालको तातोपानी आइपुग्नेछ । भन्सार जाँच प्रक्रियाका लागि दुई दिन लाग्ने जनाइएको छ ।

अत्यावश्यक सामग्री हवाईमार्गबाट ल्याउने विषयमा हवाईसेवा प्रदायकसँग छलफल भइरहेको उनले जानकारी दिए । ‘हामीले नेपाल एयरलाइन्स र श्रीएयरसँग छलफल गरिरहेका छौँ’, उनले भने, ‘ग्वान्जाओमा सामग्री जम्मा भएपछि निष्कर्षमा पुगिनेछ ।’ अत्यावश्यक बाहेकका सामग्री सडक मार्गबाट ढुवानीका लागि छलफल भइरहेको उनले जानकारी दिए । बेइजिङस्थित नेपाली दूतावास तथा ग्वान्जाओस्थित महावाणिज्य दूतावासमार्फत पनि चिनियाँ ढुवानीकर्तासँग नियमित छलफल भइरहेको छ । अत्यावश्यक सामग्री तातोपानी नाकामा ल्याएर अर्को गाडी राखेर नेपाल ल्याउनेभन्दा पनि सकभर चिनियाँ ढुवानीकर्ताको साधनबाट एकैचोटी डिपोमा ल्याउने तवरले कुराकानी भएको छ ।

व्यक्तिगत सुरक्षाका सामग्री (पिपिइ), मास्क, कोरोना परीक्षणका लागि आवश्यक कीटलगायत अत्यावश्यक सामग्री हवाई र अन्य सामग्री सडकमार्ग हुँदै ल्याउने तयारी गरिएको छ । प्रवक्ता पाण्डेले भारतबाट कोभिड–१९ का बिरामीलाई दिइने औषधि खरिद गर्ने विषयमा पनि छलफल भइरहेको बताए । सरकारले भारतबाट ५३ प्रकारको औषधि ल्याउने तयारी गरेको छ । ‘हामीले नेपाललाई आवश्यक पर्ने औषधिको सूची पठाएका छौँ’, उनले भने । भारतीय पक्षसँग औषधि खरिदपछि भुक्तानी गरे पनि हुने जनाएको छ । भारतको विपिपिआइसँग औषधि खरीदका लागि सम्झौता भएको छ । कूल ५३ प्रकारको औषधि भारतबाट ल्याउन लागिएको हो ।

यस्तै स्वास्थ्य सेवा विभागले बोलपत्रमार्फत खरिद गरेका स्वास्थ्य सामग्री पनि केही आयात भइसकेको र केही आउने क्रममा रहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । ‘अत्यावश्यक सामग्री खरिदका लागि भएको प्रयासअनुसार नै काम भएको छ । केही सामान आइसकेको छ भने केही आउने क्रममा छन’, उनले भने ।

यस्तै यही चैत १० गते चीन सरकारले सहयोगस्वरुप पिसीआर मेसिन दुई, पिसीआर रिजेन्ट २० हजार, भिटिएम २० हजार र पिपिइ १० हजार प्राप्त भएको छ । साथै सिंगापुरबाट यही चैत १२ गते १० हजार थान पिसीआर परीक्षण किट प्राप्त भएको छ । देशभर नै पिपिइ, परीक्षण किट, औषधि र औषधिजन्य सामग्रीलगायत कोभिड–१९ सङ्क्रमण तथा रोकथामका लागि आवश्यक पर्ने वस्तु पर्याप्त मात्रामा मौज्दात राख्नका लागि ३० आपूर्तिकर्तालाई स्वास्थ्य सेवा विभागमार्फत २० लाख एक हजार ३५६ अमेरिकी डलर बराबरको सटही सुविधा प्रदान गरिएको प्रवक्ता डा देवकोटाले जानकारी दिए । सौर्य दैनिक