३ पुष २०८२, बिहीबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोली प्रहारको अभियोगमा एकजना पक्राउ



अ+ अ-

पर्सा। सशस्त्र प्रहरी बल नेपाल पर्साले महिलालाई गोली हानेको अभियोगमा एक भारतीय नागरिकलाई आज पक्राउ गरेको छ ।

भारतको झारखण्ड जिल्ला पाकुड मानपहाडी ग्राम पञ्चायतका २८ वर्षे प्रदीप शर्माले मादक पदार्थ सेवन गरी आज दिउँसो वीरगञ्ज महानगर–१६ स्थित भन्सारगेट नजिकै मुस्कान होटलमा कार्यरत भारतको बेतिया घर भई वीरगञ्जमा बसोबास गर्ने १८ वर्षीया निशाकुमारी सहनीलाई गोली प्रहार गरेको अभियोगमा पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी बल पर्साका सूचना अधिकारी सुरज कार्कीले होटलमा कार्यरत भारतीय महिलाको बाँया गालामा गोली प्रहार गर्ने शर्मालाई कर्कलोघारीमा लुकिरहेको अवस्थामा पक्राउ गरेको जानकारी दिनुभयो ।

“महिलाको बायाँ गालामा गोली प्रहार गरी फरार भएका शर्मालाई सोही होटलको पूर्व–दक्षिणतर्फ करिब २०० मिटर टाढाको कर्कलोघारीमा लुकिरहेको अवस्थामा अभियुक्त शर्माको साथबाट लोड गरिएको एक थान कटुवा पेस्तोलसहित नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि वडा प्रहरी कार्यालय बिर्तामा पठाइएको छ”, उहाँले भन्नुभयो ।