१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बदलिएको कांग्रेसले देश पनि बदल्छ भन्ने विश्वास लिएर महाधिवेशनबाट जानुपर्छ : गगन थापा News Polar देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा News Polar म्युजिकल चियरजस्तो बनेको राजनीतिले सबै पार्टी र नेता एउटै हुन् भन्ने सन्देश गयो जसले भदौ २३ र २४ आयो : गगन थापा News Polar संसद बन्द छ, पार्टी बन्द छ, त्यसैले देशलाई खुलामञ्च चाहिएको छ : गगन थापा News Polar सरकार ढल्दैन, ढल्छ भन्नेहरू नै बेहोस भएर ढल्छन् : रवि लामिछाने News Polar देउवालाई छोडिदिँदा राम्रो हुन्छ, म सुझाव दिन चाहन्छु : रवि लामिछाने News Polar कांग्रेसको इतिहास नै उसको ठूलो राजनीतिक पुँजी हो : रवि लामिछाने News Polar रवि लामिछानेको व्यंग्य– ‘निष्ठा मात्रै पुँजी मानिएको भए म पनि कांग्रेस हुन्थेँ’ News Polar प्रचण्डको चेतावनी : देश, लोकतन्त्र र संविधान गम्भीर अप्ठेरोमा छ News Polar गगन थापाले कांग्रेसमा निरन्तरताको क्रमभंग गरे, अब देशको नेतृत्व गर्ने बाटोमा हिँड्नुस् : प्रचण्ड News Polar महाधिवेशन यात्राको सुरुवात हो, बलियो कांग्रेससहित अगाडि आउने छौँ : विश्वप्रकाश शर्मा News Polar कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान News Polar लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुन सक्छ, यसमा कांग्रेसकै नेतृत्व हो : राजेन्द्र लिङ्देन News Polar कांग्रेससँग मिलेर लोकतन्त्रको रक्षा गर्न फेरि सहकार्य गर्ने समय आएको छ : शंकर पोखरेल News Polar राजनीतिक दलहरूलाई लिङदेनको चेतावनीः ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’ News Polar ‘नियन्त्रित लोकतन्त्र नेपाली जनताको नियति हुन सक्दैन’ : शरतसिंह भण्डारी News Polar २० वर्षभित्र नेपाललाई विकसित देश बनाउने योजना बनाउनुपर्छ : भट्टराई News Polar गगनले देशको नेतृत्व गर्न सक्छन्, मलाई विश्वास छ : रेशम चौधरी News Polar नियन्त्रित लोकतन्त्र नेपाली जनतालाई स्वीकार्य हुँदैन : शरतसिंह भण्डारी News Polar रेशम चौधरीको प्रश्न : गणतन्त्रसँगै हाम्रो पहिचान र धर्म किन साटियो ?

महाकाली कोरिडोरको काम सञ्चालन हुँदै

महाकाली कोरिडोरको काम सञ्चालन हुँदै
अ अ+ अ-

दार्चुला । एक महिनादेखि लकडाउनका कारण बन्द रहेको सुदूरपश्चिमको महत्वपूर्ण योजनाको रूपमा रहेको महाकाली कोरिडोरको काम सञ्चालन हुने भएको छ । कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको तिङ्करसम्म जोड्ने उक्त योजनाको काम सञ्चालन हुने भएको हो । कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुलाका विभिन्न क्षेत्रमा काम सञ्चालन गर्नका लागि योजनाले तयारी थालेको हो । लकडाउनले छ प्याकेजमा जारी काममध्ये केही ठाउँमा एक दुई दिनभित्रै सञ्चालन गर्ने तयारी भइरहेको योजना प्रमुख अच्युतविलास पन्तले बताए । ‘सडक निर्माण सुरु गर्न प्रक्रिया अघि बढाएका छौँ’ उनले भने, ‘काम सुरु गर्न निर्माण व्यवसायी परिचालन हुँदैछन् ।’

यस क्षेत्रको महत्वपूर्ण योजनाको काममा ढिलाइ हुँदा विकास निर्माण पूरै प्रभावित हुने अवस्था आएपछि निरन्तर समन्वयपछि निर्माण व्यवसायी काम सञ्चालन गर्न तयार भएका छन् । योजना सञ्चालन गर्ने विषयमा प्रमुख जिल्ला अधिकारीसँग पनि निरन्तर छलफलपछि सुरु हुने अवस्थामा पुगेको योजना प्रमुख पन्तको भनाइ छ । दार्चुलाको महाकाली कोरिडोर जोड्ने लास्कु खोला र निजङगाड खोलामा पुल निर्माण गर्ने निर्माण व्यवसायी जिल्ला आइसकेका छन् । पुलको पिलर राख्न गिट्टी आवश्यक हुने हूँदा क्रसरको लागि पहल भइरहेको छ ।

व्यास गाउँपालिका–४ सिनादेखि वडा नं २ को कोठेधारसम्मको नौ किलोमिटर सडक निर्माणको ट्र्याक खुलाउने गरी निर्माण व्यवसायी फिल्डमा पुगिसकेका छन । ‘एक दुई दिनभित्रै मेशिनमार्फत काम सञ्चालन हुँदैछ,’ दार्चुला तिङ्कर सडक योजनाका इञ्जिनीयर एवं सूचना अधिकारी दिनेश रैखोलाले भने, ‘काम सञ्चालन गर्न कार्यस्थलमा साइट दिएका छौं, कार्यालयको तर्फबाट फिल्ड पुगेर ठेकेदारलाई साइट दिएका हौँ ।’ विगतमा दार्चुला तिङ्कर सडक योजनाअन्तर्गत सञ्चालन भएको यो क्षेत्रमा कोठेधारमा कोरिडोरमार्फत काम हुँदैछ । हालसम्म यो क्षेत्रको ४० किलोमिटर सडकको साधारण ट्र्याक खुलाइएको छ । निर्माण सुरु भएको १० वर्षपछि यो क्षेत्रमा साधारण बाटो खुलाइएको हो । अहिले व्यास गाउँपालिकाको सुनसेरासम्म नियमितरूपमा ट्र्याक्टर तथा जिप सञ्चालन भएका छन् ।

यस्तै बैतडीको सलेसना र डडेल्धुरा क्षेत्रमा सडकको ट्र्याक खुलाउन साइट दिन कार्यालयले सवइञ्जिनीयर मुकेन्द्र मल्ललाई खटाइएको जनाएको छ । काम गर्ने समयावधि सकिन लागेको भन्दै योजनाले निर्माण व्यवसायीलाई समन्वय गरी काम सञ्चालन गराउन लागेको हो । ‘बैतडी क्षेत्रमा सवइञ्जिनीयर मल्लले निर्माण व्यवसायीलाई साइट निर्धारण गर्दै हुनुहुन्छ,’ रैखोलाले भने । विसं २०८० मा सक्ने गरी सुरु गरिएको महाकाली कोडिरोडरको काम लक्ष्यानुसार सकिनेमा अझै आशङ्का छ । विकास निर्माणको काम द्रुत गतिमा हुने महिनामा लकडाउन हुँदा योजनाको काम सोचेअनुसार अघि बढाउन नसकिएको कार्यालयले जनाएको छ । अहिले पनि जिल्ला प्रशासन कार्यालयमार्फत निर्माण व्यवसायीलाई परिचालन गर्न पासको व्यवस्था गरेर परिचालन गरिएको योजनाले जनाएको छ । पुलको काम पनि ढलानको लागि तयारी गरिँदैछ ।

‘अहिले पनि लकडाउनले निर्माण व्यवसायीलाई मजदुर पाउन मुस्किल भइरहेको गुनासो गर्ने गरेका छन्,’ योजना प्रमुख पन्तले भने, ‘तर पनि हामीले काम गर्नुपर्छ भनेर ताकेता गरेका छौँ ।’ कञ्चपुरको ब्रह्मदेवदेखि दार्चुला तिङ्करसम्म ४२५ किलोमिटर निर्माण गरिने उक्त सडकको १२५ किलोमिटर मात्रै हालसम्म ट्र्याक खुलेको छ । यसअघि ठेक्का भएका निर्माण व्यवसायीसँग भएको सम्झौता चालु वर्षमा सकिँदैछ । योजना प्रमुख पन्तले भने, “अब नयाँ बहुवर्षीय सम्झौता गरेर आगामी वर्षदेखि थप काम अगाडि बढाइने योजना छ ।’

कोरिडोरको काम २०६६ सालदेखि सुरु भएको हो । महाकाली कोरिडोरलाई त्रिदेशीय नाकाका रूपमा विकास गर्न सके सुदूरपश्चिमको आर्थिक समृद्धि हुने आशा लिइएको छ । भारत र चीनसँग जोडिने मुख्य सडकको रूपमा यो सडकलाई लिइएको छ । हालसम्म कोरिडोरको काम सबैभन्दा बढी दार्चुलामा २१२ किलोमिटर, बैतडीमा १४४ किलोमिटर, डडेल्धुरा ५८ किलोमिटर र कञ्चनपुरमा ११ किलोमिटर सडकखण्ड पर्दछ । कार्यालयका अनुसार हालसम्म ३३ करोड रुपैयाँको लागतमा दार्चुलामा ५२, बैतडीमा ६२ र डडेल्धुरामा ११ किलोमिटर ट्र्याक खोलिएको छ भने कञ्चनपुरमा भने काम सञ्चालन हुन सकेको छैन । सौर्य दैनिक