१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘जेनजी’ प्रदर्शनीमा भएका घटनाबारे निष्पक्ष छानबिन गर्न रास्वपाको माग



अ+ अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले जेनजी पुस्ताको नाममा आज भएको प्रदर्शनमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घटनाको निष्पक्ष छानबिन गर्न माग गरेको छ ।

पार्टी सचिवालयको आकस्मिक बैठकपछि विज्ञप्ति जारी गर्दै रास्वपाले प्रदर्शनीमा घाइते भएकाको निःशुल्क उपचार र घटनाको उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्न माग गरेको हो ।

रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीद्वारा जारी विज्ञप्तिमा प्रदर्शनमा प्रहरीद्वारा भएको बल प्रयोगको भर्त्सना गरिएको छ । रासस