४ असार २०८३, बिहीबार
,
Latest
मनसुन विपद्का लागि सरकारको उच्च सतर्कता, हेलिकप्टरसहित सबै स्रोत परिचालन हुने आगामी सातादेखि मनसुन प्रतिकार्यमा जुट्नुपर्नेछः प्रमुख कोईराला रास्वपा महाधिवेशनका प्रतिनिधि टुंग्याउने तयारी तीव्र, नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु कानुन निर्माणको प्राथमिकताबारे श्रममन्त्री यादवसँग मन्त्री गौतमको छलफल सभामुख अर्यालसँग संयुक्त अरब इमिरेट्सका राजदूतको शिष्टाचार भेट विद्युत् परियोजनामा पारदर्शिता बढाउन सूचनापाटी राख्न ऊर्जा मन्त्रीको सुझाव निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटक बढे अधिकार सम्पन्न यातायात प्राधिकरण गठन नभएसम्म सुधार सम्भव छैन ई–पासपोर्ट खरिद प्रकरण: अनुसन्धानको लागि पूर्व परराष्ट्रमन्त्री आरजुलाई पत्र संसदमा शिक्षामन्त्री सस्मित: के के छन् सरकारका प्राथमिकता ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेडक्रसको एम्बुलेन्स र प्राथमिक उपचार टोलीमाथि भएको आक्रमणप्रति दुःख व्यक्त



अ+ अ-

काठमाडौँ। नेपाल रेडक्रस सोसाइटी, काठमाडौँ जिल्ला शाखाले आज जेन-जी प्रदर्शनका क्रममा घाइते भएकाहरुको उपचारमा एम्बुलेन्ससहित खटिएका प्राथमिक उपचार टोलीमाथि भएको आक्रमणप्रति दुःख व्यक्त गरेको छ ।

शाखाका सभापति श्यामकाजी डोटेलले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा काठमाडौँको मध्यबानेश्वरमा नेपाल रेडक्रस सोसाइटीको एम्बुलेन्स र प्राथमिक उपचारमा खटिएका टोलीमाथि अभद्र व्यवहार र ढुङ्गा प्रहार गरिएको घटनाले दुःखी तुल्याएको उल्लेख छ ।

“घाइतेको उपचार, अस्पतालसम्म पु¥याउने र रगतको व्यवस्थापनका लागि खटिएका रेडक्रसकर्मी र रेडक्रस चिन्ह अङ्कित एम्बुलेन्सलाई सेवा प्रदान गर्न सबैले सहयोग गरिदिनु हुन सम्पूर्ण महानुभावमा हार्दिक अनुरोध गर्दछौँ”, जारी विज्ञप्तिमा भनिएको छ । रासस