१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बदलिएको कांग्रेसले देश पनि बदल्छ भन्ने विश्वास लिएर महाधिवेशनबाट जानुपर्छ : गगन थापा News Polar देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा News Polar म्युजिकल चियरजस्तो बनेको राजनीतिले सबै पार्टी र नेता एउटै हुन् भन्ने सन्देश गयो जसले भदौ २३ र २४ आयो : गगन थापा News Polar संसद बन्द छ, पार्टी बन्द छ, त्यसैले देशलाई खुलामञ्च चाहिएको छ : गगन थापा News Polar सरकार ढल्दैन, ढल्छ भन्नेहरू नै बेहोस भएर ढल्छन् : रवि लामिछाने News Polar देउवालाई छोडिदिँदा राम्रो हुन्छ, म सुझाव दिन चाहन्छु : रवि लामिछाने News Polar कांग्रेसको इतिहास नै उसको ठूलो राजनीतिक पुँजी हो : रवि लामिछाने News Polar रवि लामिछानेको व्यंग्य– ‘निष्ठा मात्रै पुँजी मानिएको भए म पनि कांग्रेस हुन्थेँ’ News Polar प्रचण्डको चेतावनी : देश, लोकतन्त्र र संविधान गम्भीर अप्ठेरोमा छ News Polar गगन थापाले कांग्रेसमा निरन्तरताको क्रमभंग गरे, अब देशको नेतृत्व गर्ने बाटोमा हिँड्नुस् : प्रचण्ड News Polar महाधिवेशन यात्राको सुरुवात हो, बलियो कांग्रेससहित अगाडि आउने छौँ : विश्वप्रकाश शर्मा News Polar कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान News Polar लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुन सक्छ, यसमा कांग्रेसकै नेतृत्व हो : राजेन्द्र लिङ्देन News Polar कांग्रेससँग मिलेर लोकतन्त्रको रक्षा गर्न फेरि सहकार्य गर्ने समय आएको छ : शंकर पोखरेल News Polar राजनीतिक दलहरूलाई लिङदेनको चेतावनीः ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’ News Polar ‘नियन्त्रित लोकतन्त्र नेपाली जनताको नियति हुन सक्दैन’ : शरतसिंह भण्डारी News Polar २० वर्षभित्र नेपाललाई विकसित देश बनाउने योजना बनाउनुपर्छ : भट्टराई News Polar गगनले देशको नेतृत्व गर्न सक्छन्, मलाई विश्वास छ : रेशम चौधरी News Polar नियन्त्रित लोकतन्त्र नेपाली जनतालाई स्वीकार्य हुँदैन : शरतसिंह भण्डारी News Polar रेशम चौधरीको प्रश्न : गणतन्त्रसँगै हाम्रो पहिचान र धर्म किन साटियो ?

कम्प्युटरमा काम गर्दा थाकेका आँखाका लागि घरेलु औषधिहरु

कम्प्युटरमा काम गर्दा थाकेका आँखाका लागि घरेलु औषधिहरु
अ अ+ अ-

लकडाउनका कारण यो समय प्रायः मानिसहरु कम्प्युटर, ल्यापटम, मोबाइल र टिभीमा लामो समय व्यतित गरिरहेका छन् । यसरी लगातार स्क्रीनको अगाडि बस्दा आँखामा नराम्रो असर पर्छ । जसको कारण कालो धब्बा देखिने जस्ता समस्याहरु पैदा हुन्छन् । यसका साथै आँखा थकित हुन्छ । आँखालाई यस्तो अवस्थामा सुरक्षित राख्न के गर्ने ?

Young man with eyes pain touching his eyes

आलु: आलुमा पाइने इन्जाइमले आँखाको कालो धब्बा हटाउन निकै मद्दत गर्छ । आलुलाई लेदो बनाएर ३० मिनेटसम्म फ्रिजमा राखेपछि आँखाको पूरै भागमा लगाएर २०/२५ मिनेट सम्म राख्ने र पानीले पखाल्ने ।

टी ब्याग:चियाको पातमा क्याफिनको मात्रा धेरै पाइन्छ । यसले आँखा सुन्निएको कम गर्छ । र आँखामा रक्तसञ्चार गराउँन मद्दत गर्छ । त्यसैले टि ब्यागलाई चिसो बनाउन फ्रिजमा राख्नुहोस् र ५ मिनेटसम्म आँखामाथि राखेर बस्नुहोस् ।

काक्रो :थकित आँखाको लागि काक्रोले आनन्द प्रदान गर्नुका साथै मोस्चराइजरको पनि काम गर्छ । काक्रोको बोक्रा फालेर लेदो बनाएर यसलाई ३० मिनेटसम्म फ्रिजमा राख्नुहोस् । र आँखाको वरिपरि लगाएर २०र२५ मिनेट आराम गर्नुहोस् र चिसो पानीले पखाल्नुहोस् ।

नरिवलको तेल:नरिवलको तेलले आँखाको वरिपरिको कालो भाग, सुख्खापन र सुन्निनबाट बचाउँछ । त्यसैले आँखाको तल्लो भागमा दुई थोपा नरिवलको तेल राख्नुस् र हल्का मसाज गर्नुस् आँखा वरिपरि । यो राति सुत्नुअघि गरिने उपाय हो । र बिहान धुनुहोस् ।

गुलाब जल:गुलाब जलले आँखालाई आराम दिलाउँछ । कटन प्याडलाई गुलाब जलले भिजाएर आँखामाथि राख्ने र १५ मिनेटसम्म आँखा बन्द गर्ने गर्नुपर्छ ।