२४ असार २०८३, बुधबार
,
Latest
‘सन्तोषजनक छैन मानवअधिकार आयोगका सिफारिस कार्यान्वयन अवस्थाः द्वन्द्वकालीन पीडितलाई न्याय दिलाउने सिफारिस कार्यान्वयनमा ढिलाइ’ रास्वपा सांसदको प्रश्न: म भात खान्छु, सरकारले के खान्छ ? प्रधानमन्त्री शाहलाई एसएमएस पठाएर चर्चामा आएका सचिव पुष्कर अनिवार्य अवकाशमा एक महिनामा ७६ हजार भन्दा बढी अफगान शरणार्थीहरू स्वदेश फिर्ता धनुषा–सिरहा जोड्ने झोलुङ्गे पुल पर्यटक गन्तव्य बन्दै बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढ्दो प्रतिनिधिसभाः उठेका विषयमा सरकारले स्पष्ट पार्नुपर्ने माग कैलालीमा बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा सरकारले दृष्टिविहिन नागरिकको लागि तत्काल रोजगारीको प्रवन्ध गर्नुपर्दछः हर्कराज राई किसानको अनुभव र आधुनिक ज्ञानलाई मिलाएर कृषि क्षेत्रमा नयाँ इनोभेसन विकास गर्नुपर्छः का.मु. कार्यकारी निर्देशक…
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेनजी प्रदर्शनः काठमाडौँ महानगरले घाइतेलाई अस्पताल लैजान खटायो १५ एम्बुलेन्स



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले जेन–जी प्रदर्शनका क्रममा घाइते भएकाहरू अस्पताल पुर्याउनका लागि १५ वटा एम्बुलेन्स खटाएको जनाएको छ ।

कामपा नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार आन्दोलनका क्रममा घाइतेलाई छिटो अस्पताल लैजान एम्बुलेन्स खटाउनुका साथै घाइतेहरूको तत्काल उद्धार गर्नका लागि नगर प्रहरीसमेत परिचालन गरेको छ ।

आज प्रदर्शनमा उत्रिएका जेन–जी युवाहरूमाथि सुरक्षाकर्मीले गोली प्रहार र लाठीचार्ज गरेपछि केहीको मृत्यु भएको छभने थुप्रै प्रदर्शनकारी घाइते भएका छन् ।

धेरैजसो घाइतेहरूको नयाँ बानेश्वरस्थित सिभिल अस्पताल र महाँकालस्थित ट्रमा सेन्टर, महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल, वीर अस्पताललगायतमा उपचार भइरहेको छ ।

अस्पतालमा घाइतेहरूको सङ्ख्या बढेपछि शैय्या अभावका कारण उपचारमा समस्या भएको खबर पाएपछि कामपाका प्रमुख बालेन्द्र शाहको निर्देशनमा आवश्यकताअनुसार बिरामीलाई अस्पतालसम्म लैजाने काम गरिरहेको बताउनुभयो ।

अस्पताल जानका लागि मात्रै होइन आवश्यकताअनुसार बिरामीको उपचार खर्चसमेत ब्यहोर्ने कामपाको भनाइ छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले बानेश्वर, मध्यबानेश्वर माइतीघर, शङ्खमुख क्षेत्रमा कुफ्र्यू आदेश जारी गरे पनि जेन–जी युवाहरूले अवज्ञा गरेर प्रदर्शन जारी नै राखेका छन् ।