१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बदलिएको कांग्रेसले देश पनि बदल्छ भन्ने विश्वास लिएर महाधिवेशनबाट जानुपर्छ : गगन थापा News Polar देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा News Polar म्युजिकल चियरजस्तो बनेको राजनीतिले सबै पार्टी र नेता एउटै हुन् भन्ने सन्देश गयो जसले भदौ २३ र २४ आयो : गगन थापा News Polar संसद बन्द छ, पार्टी बन्द छ, त्यसैले देशलाई खुलामञ्च चाहिएको छ : गगन थापा News Polar सरकार ढल्दैन, ढल्छ भन्नेहरू नै बेहोस भएर ढल्छन् : रवि लामिछाने News Polar देउवालाई छोडिदिँदा राम्रो हुन्छ, म सुझाव दिन चाहन्छु : रवि लामिछाने News Polar कांग्रेसको इतिहास नै उसको ठूलो राजनीतिक पुँजी हो : रवि लामिछाने News Polar रवि लामिछानेको व्यंग्य– ‘निष्ठा मात्रै पुँजी मानिएको भए म पनि कांग्रेस हुन्थेँ’ News Polar प्रचण्डको चेतावनी : देश, लोकतन्त्र र संविधान गम्भीर अप्ठेरोमा छ News Polar गगन थापाले कांग्रेसमा निरन्तरताको क्रमभंग गरे, अब देशको नेतृत्व गर्ने बाटोमा हिँड्नुस् : प्रचण्ड News Polar महाधिवेशन यात्राको सुरुवात हो, बलियो कांग्रेससहित अगाडि आउने छौँ : विश्वप्रकाश शर्मा News Polar कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान News Polar लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुन सक्छ, यसमा कांग्रेसकै नेतृत्व हो : राजेन्द्र लिङ्देन News Polar कांग्रेससँग मिलेर लोकतन्त्रको रक्षा गर्न फेरि सहकार्य गर्ने समय आएको छ : शंकर पोखरेल News Polar राजनीतिक दलहरूलाई लिङदेनको चेतावनीः ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’ News Polar ‘नियन्त्रित लोकतन्त्र नेपाली जनताको नियति हुन सक्दैन’ : शरतसिंह भण्डारी News Polar २० वर्षभित्र नेपाललाई विकसित देश बनाउने योजना बनाउनुपर्छ : भट्टराई News Polar गगनले देशको नेतृत्व गर्न सक्छन्, मलाई विश्वास छ : रेशम चौधरी News Polar नियन्त्रित लोकतन्त्र नेपाली जनतालाई स्वीकार्य हुँदैन : शरतसिंह भण्डारी News Polar रेशम चौधरीको प्रश्न : गणतन्त्रसँगै हाम्रो पहिचान र धर्म किन साटियो ?

कोरोना प्रतिकार्यमा कर्णाली सरकारको उचित कदम: शर्मा

कोरोना प्रतिकार्यमा कर्णाली सरकारको उचित कदम: शर्मा
अ अ+ अ-

सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी कर्णाली प्रदेशका इञ्चार्ज जनार्दशन शर्माले कोभिड–१९ को प्रतिकार्य, रोकथाम तथा नियन्त्रणमा कर्णाली प्रदेश सरकारले राम्रो कदम चालेको बताएका छन् । कर्णाली प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरुसँग प्रदेश सरकारको कामकारवाही र कोरोना रोकथाम तथा नियन्त्रणका विषयमा आइतबार भएको भर्चुअल बैठकमा इञ्चार्ज शर्माले हालसम्म प्रदेश सरकारले सह्रानीय काम गरेको बताएका हुन् । पूर्वगृहमन्त्रीसमेत रहेका इञ्चार्ज शर्माले भने, “कोरोना प्रतिकार्यका लागि प्रदेश सरकारले राम्रोसँग पहलकदमी लिएको छ । चालु आवको बजेट स्वास्थ्य क्षेत्रको पूर्वाधार, सामग्री र उपचारमा मात्र परिचालन गर्न आग्रह गर्दछु ।”

सरकारविरुद्ध प्रश्न नउठ्ने गरी पारदर्शी काम गर्न र कोरोनाका कारण आउन सक्ने विश्वव्यापी आर्थिक मन्दी, वैदेशिक रोजगारीमा रहेका नेपालीको स्वदेश फिर्तीलगायतले पार्न सक्ने जोखिमलाई ध्यान दिन एवं आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणमा हतारो नगर्न मुख्यमन्त्री शाहीलाई उहाँले सुझाव दिए । इञ्चार्ज शर्माले लकडाउनको उपयोग गर्दै कोरोनाविरुद्ध लड्न आन्तरिक तयारीलाई तीव्र बनाउन तथा लकडाउन खुलेपछि आइपर्ने सम्भावित चुनौतीको हल गर्ने गरी आगामी रणनीति तयार गर्न पनि सुझाए ।

बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित सबै मन्त्रीले कर्णाली प्रदेशमा कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेका कामकारवाहीबारे पार्टी नेतृत्वलाई जानकारी गराएका थिए । बैठकमा मुख्यमन्त्री शाही, आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी, सामाजिक विकासमन्त्री दल रावल, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसी, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा र नेकपा कर्णाली प्रदेशका सचिव मायाप्रसाद शर्मासहितको सहभागिता रहेको थियो ।