१३ असार २०८३, शनिबार
,
Latest
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख दुर्घटनामा मृत्यु निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मजदुरलाई गाउँ छिर्न नदिने बताएका यी मुख्यमन्त्री काठमाडौँमा के गर्दैछन् ?



file photo
अ+ अ-

काठमाडौँ । यसअघि अप्ठेरामा परेका, सयाँै किलोमीटर हिँडेर आफ्नो घर पुग्न बाध्य भएका मजदुर तथा निम्न बर्गीय नागरिक सडक सडकमा आफ्ना पोका पन्तुर बोकेर हिँडिरहेका तस्बिरहरु सामाजिक सञ्जालमा व्यापक मात्रामा आए । नागरिकले राखेका तथा सञ्चारमाध्यममा आएका यी असह्य पीडादायी तस्बिर र समाचारमार्फत आएको आलोचना सहन नसकेर सरकारले घर जान चाहने सर्वसाधारणलाई दुइ दिनका लागि काठमाडौँबाट बाहिर जान दिने निर्णय गर्यो ।

तर त्यसको केही समयपछि नै सरकारले निर्णय नगरेको भन्ने नाटक गर्यो र यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको सचिवालयमा राखिएको सूचना नै हटाइयो । यसो मुख्य कारण थियो प्रदेश सरकारको विरोध । सबैभन्दा बढी विरोध गर्ने मुख्यमन्त्री थिए ५ नम्बर प्रदेशका शंकर पोखरेल । उनले त सामाजिक सञ्जालमा लेखेरै राजधानीबाट मानिसलाई किन बाहिर जान दिने भन्दै विरोध गरेका थिए । उनले आफ्नो प्रदेशको जिम्मा आफै लिने भन्दै यदि कोही नयाँ मानिस आएमा ५ नम्बर प्रदेशमा छिर्न पनि नदिने भन्दै निकै निर्दयी र स्वार्थी भनाइ राखेका थिए ।

तर अहिले केही दिनदेखि ती मुख्यमन्त्री पोखरेल भने काठमाडौँमै छन् । उनी कहिले बालुवाटार त कहिले कोटेश्वर माधव नेपालको निवास गरिरहेका छन् । प्रधानमन्त्री ओलीको सत्ता थामिदिन हुटिट्याउँले आकाश धानेजस्तै गर्दै उनी अहिले कुदिरहेका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य समेत रहेका प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल पार्टीको आन्तरिक विवाद मिलाउन भन्दै काठमाडौं आएका हुन् । उनी धेरै दिनदेखि काठमाडौँमै छन् ।

कोरोना भाइरसको संक्रमणबाट जनताको जीवन रक्षा गर्ने बेला मुख्यमन्त्री पोखरेल कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओलीको हल्लिदै गरेको कुर्सी बचाउन सक्रिय भएका हुन् । यस्तो बेलामा आफ्नो प्रदेशका नागरिकलाई घरभित्रै थुनेर मानौँकि आफ्नो प्रदेशमा कोरोनाको प्रभाव नै छैनजस्तो गरेर उनी किन काठमाडौँ घुम्दैछन् ?

महामारीका विरुद्ध लड्ने बेलामा प्रदेश ५ को सबै काम छाडेर पोखरेल विगत तीन–चार दिनदेखि काठमाडौंमा अड्डा जामाएर बसेका छन् । आफ्नै गृहजिल्ला दाङमा कोरोना भाइरसको संक्रमणविरुद्धका स्वास्थ्य सामग्रीहरू पु¥याउन नसकेको भनेर आलोचना भइरहेको छ । प्रदेश पाँचका जिल्लाहरूमा कोरोनाविरुद्धको स्वास्थ्य सामग्री पु¥याउन नसकेको भनेर मुख्यमन्त्री पोखरेलको आलोचना भइरहेको छ ।

दाङको राप्ती गाउँपालिकाको सिसहनियाँ अस्पतालमा आईसीयु माग गरेपनि पोखरेलले सो माग पनि पूरा गरिदिन सकेका छैनन् । बर्दिया जिल्लाबाट भारत गएका दुई जना भारतीय नागरिकमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । बर्दियाका जनता त्रसित बनेका बेला उनीहरूको स्वास्थ्य रक्षाका लागि निर्देशन दिएर स्वास्थ्य सामग्री पठाउने बेला मुख्यमन्त्री भने आफ्नो प्रदेश छाडेर काठमाडौंमा छन् ।

पोखरेलले प्रदेश ५ का जनताको जीवन रक्षालाई भन्दा धरमराउँदै गरेको प्रधानमन्त्री पदको कुर्सीको मोह धेरै भएकोले यतिखेर काठमाडौँमा भौँतारिएर हिँडेका छन् । यसकारण उनको सामाजिक सञ्जालमा आलोचना पनि भएको छ ।

ओलीको सन्देश बोकेर आइतबार पोखरेल प्रचण्डकोमा पुगेका थिए । तर उनको कुरालाई प्रचण्डले बाल नदिएको स्रोतले बतायो । त्यसपछि पोखरेलले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष बामदेव गौतमलाई फाकाएर ओलीको पक्षमा लैजाने प्रयासमा लागेको बुझिएको छ । तर पनि उनलाई यसअघि पनि माधव नेपालले ओलीको पक्षका सुलसुले भनेर नामै दिएका थिए । त्यसैले यसपटक पनि उनलाई माधव या गौतमले नगन्ने नेकपाका एक नेताले बताएका छन् ।

यी मुख्यमन्त्री आफ्नो क्षेत्रमा सिन्को नभाँच्नेमा गनिन्छन् । फेसबुक र ट्वीटरमा ठूला कुरा गर्ने, पार्टीमा आफूलाई माक्र्सवाद बुझेको विश्लेषकका रुपमा जबर्जस्त स्थापित गर्न खोज्ने तर काममा भने सिन्को पनि नभाँच्नेमा यी गनिन्छन् । अहिले पनि यीनले आफ्नो प्रदेशमा कोरोनाका विरुद्धको लडाइँमा अस्पताल तयार पार्न सकेका छैनन् भने अझै पनि औषधि र सामग्रीसम्मको जोहो पनि गर्न सकेका छैनन् । उता आफ्नो प्रदेशमा यस्तो हालत हुदाहुदै उनीभने अहिले राजधानीमा राजनीतिक चलखेलमा छन् ।