१३ असार २०८३, शनिबार
,
Latest
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख दुर्घटनामा मृत्यु निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टीभित्र विवाद मिलाउन ओली र माधव गुट सक्रिय



अ+ अ-

काठमाडौं

पार्टी भित्रबाट अप्ठ्याराे पर्दै गएपछि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली शक्ति बाँडफाँड गरेर भएपनि समस्या सल्टाउन क्रियाशील भएका छन् । दुई अध्यादेशका कारण निकै आलोचित बनेका प्रधानमन्त्री ओली माथि चौतर्फी दवाब परेपछि अर्का वरिष्ठ नेता माधवकुमार नेपाल समूहसँग ओली पक्ष छलफलमा जुटेको हो ।

आइतबार मात्र नेता नेपालको निवासका बसेको स्थायी समितिका केही सदस्यको भेलाले ओली बिरुद्ध सबै उपाय अबलम्बन गर्ने निर्णय गरेपछि ओलीले झनै दबाब महशुस गरेका थिए । यहि बीचमा अर्का अध्यक्ष पुष्पकमल दहालले प्रधानमन्त्री र राष्ट्रपति दुबै फेर्नेसम्मकाे तयारीको छनक पाएपछि ओलीले अर्का नेता नेपालसँग सहकार्यको लागि हात बढाएकाे जानकारहरू बताउँछन् ।

शक्ति बाँडफाँडको प्रस्ताव सहित दुबै पक्षका चार चार जना नेताहरु छलफलमा जुटेका छन् । ओली पक्षबाट वार्ताका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव बिष्णु पौडेल, ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली तोकिएका छन् ।

त्यस्तै नेपाल पक्षबाट वरिष्ठ नेता नेपालसहित स्थायी कमिटी सदस्यहरु भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तलाई तोकिएको स्रोतले जनाएको छ । केही दिनयता माधव नेपालसँग निरन्तर सम्वादमा रहेका प्रधानमन्त्री ओलीले आफू लचिलो हुने जनाउ दिएपछि दुबै पक्ष समूह नै बनाएर छलफल गर्न लागेका हुन् ।

नेता माधव नेपालको निवासमा भएको भेलाले एक व्यक्ति एक पद हुनु पर्ने, सरकारको कार्यशैली परिवर्तन हुनु पर्ने , केही मन्त्री र मुख्य मन्त्री परिर्तन हुनु पर्ने, राष्ट्रपतिको भूमिका पनि कतिपय अवस्थामा उचित नभएको भन्दै यस बारेमा ठोस निर्णय गर्नुपर्ने आवाज उठेको थियो । नेता नेपालले भने ओलीलाई अपमानजनक तरिका बाट हटाउँदा नराम्रो अवस्था आउने भन्दै एक पटक गम्भीर छलफल गरेपछि मात्र ठोस निर्णय गर्ने आश्वासन दिएका थिए ।

यहीबीच केही मध्यमार्गी नेताहरुले दुबै पक्षलाई मिल्नका लागि दबाब दिँदै आएका छन् । उनीहरुले शीर्ष तहमा एक खालको सहमति बनेपछि स्थायी समितिको बैठक बोलाएर विवादको निरुपण गर्न पनि सुझाब दिएका छन् । सहमतिका लागि अध्यक्ष ओलीले उपप्रधानमन्त्री ईश्वर पोखरेल, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल , प्रमुख सल्लाहकार बिष्णु रिमाललाई क्रियाशिल बनाएका छन् ।

नेपाल समूहमा रहेका मन्त्री योगेश भट्टराई पनि बालुवाटार , कोटेश्बर , खुमलटार दौडधुप गरिरहेका छन् । यता पूर्ब एमालेहरुबीच तिब्र रुपमा संवाद हुन थालेपछि अर्का अध्यक्ष पुष्पकमल दहाल पर्ख र हेरको रणनीतिमा रहेका छन् ।

नेकपामा क्रियाशील रहेका तीनै गुट एकअर्का प्रति शशंकित रहँदै आफ्नो बर्चश्च कायम गर्ने अवसरको खोजीमा रहेका छन् ।