काठमाडौँ । बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी भएसँगै जेन जी प्रदर्शनकारी नेकपा (एमाले) पार्टी कार्यालय च्यासल पुगेका छन् ।
करिब ६० जनाको भीड एमालेको केन्द्रीय कार्यालय च्यासल घेराउ गर्न पुगेका हुन् ।
उनीहरूले एमाले नेतृत्व र सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् ।
आन्दोलनका क्रममा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या १४ पुगेको छ ।











