१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बदलिएको कांग्रेसले देश पनि बदल्छ भन्ने विश्वास लिएर महाधिवेशनबाट जानुपर्छ : गगन थापा News Polar देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा News Polar म्युजिकल चियरजस्तो बनेको राजनीतिले सबै पार्टी र नेता एउटै हुन् भन्ने सन्देश गयो जसले भदौ २३ र २४ आयो : गगन थापा News Polar संसद बन्द छ, पार्टी बन्द छ, त्यसैले देशलाई खुलामञ्च चाहिएको छ : गगन थापा News Polar सरकार ढल्दैन, ढल्छ भन्नेहरू नै बेहोस भएर ढल्छन् : रवि लामिछाने News Polar देउवालाई छोडिदिँदा राम्रो हुन्छ, म सुझाव दिन चाहन्छु : रवि लामिछाने News Polar कांग्रेसको इतिहास नै उसको ठूलो राजनीतिक पुँजी हो : रवि लामिछाने News Polar रवि लामिछानेको व्यंग्य– ‘निष्ठा मात्रै पुँजी मानिएको भए म पनि कांग्रेस हुन्थेँ’ News Polar प्रचण्डको चेतावनी : देश, लोकतन्त्र र संविधान गम्भीर अप्ठेरोमा छ News Polar गगन थापाले कांग्रेसमा निरन्तरताको क्रमभंग गरे, अब देशको नेतृत्व गर्ने बाटोमा हिँड्नुस् : प्रचण्ड News Polar महाधिवेशन यात्राको सुरुवात हो, बलियो कांग्रेससहित अगाडि आउने छौँ : विश्वप्रकाश शर्मा News Polar कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान News Polar लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुन सक्छ, यसमा कांग्रेसकै नेतृत्व हो : राजेन्द्र लिङ्देन News Polar कांग्रेससँग मिलेर लोकतन्त्रको रक्षा गर्न फेरि सहकार्य गर्ने समय आएको छ : शंकर पोखरेल News Polar राजनीतिक दलहरूलाई लिङदेनको चेतावनीः ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’ News Polar ‘नियन्त्रित लोकतन्त्र नेपाली जनताको नियति हुन सक्दैन’ : शरतसिंह भण्डारी News Polar २० वर्षभित्र नेपाललाई विकसित देश बनाउने योजना बनाउनुपर्छ : भट्टराई News Polar गगनले देशको नेतृत्व गर्न सक्छन्, मलाई विश्वास छ : रेशम चौधरी News Polar नियन्त्रित लोकतन्त्र नेपाली जनतालाई स्वीकार्य हुँदैन : शरतसिंह भण्डारी News Polar रेशम चौधरीको प्रश्न : गणतन्त्रसँगै हाम्रो पहिचान र धर्म किन साटियो ?

“पर्यटन क्षेत्रलाइ धरासायी हुनबाट जाेगाउन प्राेत्साहन जरूरी”

“पर्यटन क्षेत्रलाइ धरासायी हुनबाट जाेगाउन प्राेत्साहन जरूरी”
अ अ+ अ-

काठमाडौं

कोराेनाभाइरसले पर्यटन क्षेत्रमा गंभीर असर गरेको भन्दै पर्यटनको पुनरुत्थानका लागि नेपाल चेम्बर अफ कमर्शले सरकारलाई सुझाव दिएको छ । सोमवार चेम्बर अफ कर्मशका अध्यक्ष राजेशकाजी श्रेष्ठको टोलीले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई भेटी उक्त सुझाव दिएकाे हो ।

आन्तरिक पर्यटन प्रबर्द्धन गर्नका लागि निजामती तथा संगठित संस्थाका कर्मचारीहरु र नागरिकहरुलाई प्रोत्साहन प्याकेज सहित आन्तरिक भ्रमणका लागि प्रेरित गर्नुपर्ने, कोरोनाबाट होटल तथा एयरलाइन्सहरुलाई वित्तीय प्याकेज मार्फत उद्धार गरिनु पर्ने तथा ऋण, ऋणको ग्यारेन्टी कर्पोरेट बन्डमा सरकारको टेवा कर छुट, एयरपोर्ट चार्ज लगायतमा वित्तीय सुविधा दिनुपर्ने, पर्यटकको प्रबर्द्धनका लागि थिंक ट्यांकको व्यवस्था गर्ने लगायतका सुझाव दिएकाे छ ।

त्यस्तै मेडिकल टुरिजम, होम स्टे, एग्रो टुरिज्म , कल्चरल टुरिज्म लगायतका विधागत पर्यटन प्रबर्द्धनका लागि ठोस कार्यक्रम ल्याउन माग गरेका छन् । पर्यटकको चाप घटेको समयमा पर्यटन पूर्वाधारमा जोड दिनु पर्ने, नेपाल आयल निगमले माग्दै आएको नगद धरौटीको सट्टा बैङ्क ग्यारेन्टीको व्यवस्था गरी नगद धरौटी फिर्ता गर्नु पर्ने माग राखेकाे छ ।

चेम्बरले चीनमा कोरोनाको प्रकोप कम हुँदै गएकोले आउँदो सेप्टेम्बर, अक्टोबरमा पर्यटकीय सिजन भएकाले चीनका विभिन्न शहरबाट पर्यटक भित्र्याउन सरकारी स्तरबाट पहल गर्नुपर्ने, एयरलाइन्सहरुले चीनका विभिन्न शहरबाट पर्यटक ल्याउन पहल गर्नुपर्ने, हवाईजहाज, बस, कार सहित बास बस्ने स्थान होटल, रिसोर्ट, होमस्टे, रेस्टुरेन्ट तथा विमानस्थलमा डिसइन्फेक्ट गरिनु पर्ने सुझाव दिएकाे छ ।

साे अवसरमा मन्त्री भट्टराईले चेम्बरले दिएका सुझाव बुझदै सरकारले पर्यटन क्षेत्रको विकासको लागि काम गरिरहेको बताए । कोराेनाका कारण सबैभन्दा बढी प्रभाव पर्यटन क्षेत्रमा परेको भन्दै मन्त्री भट्टराईले आउने बजेट र नीति तथा कार्यक्रममा पर्यटन क्षेत्रकाे सुधारको प्याकेज घोषणा हुने बताए । उनले एयरलाइन्स होटल, रेस्टुरेन्टलाइ एकीकृत नीति मार्फत सम्बाेधन गरिने बताए ।