२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्व सचिव उपाध्याय अदालतको आदेशमा रिहा



अ+ अ-

काठमाडौँ । साइबर अपराध गरेको आरोपमा पक्राउ परेका पूर्वसचिव भीम उपाध्यायलाई काठमाडौं जिल्ला अदालतले २५ हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ।

प्रहरीको केन्द्रीय साइबर ब्युरोले पाँच दिन अघि उपाध्यायलाई ललितपुरको कुसुन्तीस्थित निवासबाट पक्राउ गरेको थियो। प्रहरीले उनलाई पक्राउ गरेको तीन दिनमै सरकारी वकिलमार्फत अदालतमा अभियोगपत्र दर्ता गरेको थियो।

उनलाई सामाजिक सन्जालमार्फत धार्मिक आस्थामा आघात पुर्‍याएको आरोपमा प्रहरीले पक्राउ गरेको थियो । सामाजिक सन्जालमा सरकारविरुद्ध पछिल्लो समय निकै आक्रामक देखिएका उपाध्याय र स्वास्थ्य सचिव यादब कोइरालाबीच केही समय अघि ट्वीटरमा आरोप प्रत्यारोपको दोहोरी नै चलेको थियो। त्यसैले उनलाई धार्मिका आश्थामा आघात पुराएको भनिए पनि सरकारको आलोचना गरेकोमा प्रहरीले पक्राउ गरेको थियो । उनका विरुद्धमा स्वास्थ्य सतिव कोइरालाले उजुरी गरेको बुझिएको छ ।

काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयले उपाध्यायविरुद्ध पाँच वर्ष कैद सजायको मागदावीसहित अभियोगपत्र दर्ता गरेको थियो। सामाजिक सन्जालमा सरकारविरुद्ध विषय लेखिएको आरोपमा उपाध्यायलाई पक्राउ गरिएको भन्दै साइबर अपराधको नाममा वाक् तथा अभिव्यक्ति स्वतन्त्रताको धज्जी उडाएको भन्दै सरकारको लगातार आलोचना भएको थियो।