काठमाडौं । प्रहरीले सिभिल अस्पतालको इमर्जेन्सीमै पुग्नेगरी अश्रुग्याँस प्रहार गरेको छ ।
प्रहरीले अस्पतालभित्रै अश्रुँग्यास प्रहार गरेको हो । उक्त स्थानमा मानव अधिकारकर्मीलाई समेत प्रवेश गर्न दिइएको छैन ।
अश्रुग्यास प्रहारका कारण उक्त क्षेत्र तनावपूर्ण छ । अहिले त्यहाँको भिड तितरवितर भएको छ ।
नयाँ बानेश्वर क्षेत्रमा जेनजीहरूले गरेको प्रदर्शन उग्र बनेको छ । यो खबर लेख्दासम्म ९ जनाको मृत्यु भइसकेको विवरण प्राप्त भएको छ ।











