२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

किम जङ अनकाे मृत्यु अफवाह, जीवितै रहेकाे दक्षिणकाे भनाइ



अ+ अ-

सियाेल

उत्तर कोरियाली नेता किम जोङ अनकाे मृत्यु भइसकेकाे भन्ने समाचारहरू असत्य रहेकाे दक्षिण कोरियाका एक जना उच्च सुरक्षा सल्लाहकारले जानकारी दिएका छन् । पछिल्ला केही दिनयता उत्तर कोरियाली नेता किम गम्भीर रुपमा विरामी रहेको अथवा कतिपयले त उनकाे निधन भएको भन्नेजस्ता समाचार सार्वजनिक गरेका थिए ।

किम जाेङ अन (फाइल तस्वीर)

दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनका प्रमुख सुरक्षा सल्लाहकार मुन चुन इनले सोमबार सो जानकारी दिएका हुन् । उनले भने, हाम्रो सरकारको सूचना बलियो छ, उनी स्वस्थ्य र जिवीतै छन् ।

उत्तर कोरियाली नेता किम देशकाे पूर्वी भागमा रहेको वानसन रिसोर्टमा अप्रिल १३ देखि बसेको जानकारी दक्षिण कोरियाली सरकारलाइ थियाे । यही अप्रिल १५ मा किमका हजुरबुबा किम इल सुङकाे जन्माेत्सवकाे कार्यक्रममा उनकाे उपस्थिति नदेखेपछि विभिन्न देशका मिडिया तथा व्यक्तिले केहीले किम गम्भीर विरामी रहेको त केहीले मृत्यु नै भइसकेको समाचार बाहिर ल्याएका थिए ।

किम इल सुङ उत्तर कोरियाका संस्थापक थिए । गएको सोमबार दक्षिण कोरियाकै एक दैनिक पत्रिकाले नेता किमको अप्रिल १२ मा मुटुको शल्यक्रिया गरिएको र त्यसपछि उनको स्वास्थ्य अवस्था गम्भीर रहेको बताएको थियो । पछि सो पत्रिकाले उत्तर कोरियाको गोप्य स्रोतलाई उद्धृत गर्दै उनको स्वास्थ्यमा सुधार हुँदै गएको उल्लेख गरेको थियो ।