काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ६ बजे बैठक बस्ने गरी बोलाइएको हो ।
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय र भष्ट्रचारको विरोधमा आज राजधानीसहित देशभर जेनजीको प्रदर्शन भएका छन् । उक्त प्रदर्शनका क्रममा नयाँ बानेश्वरमा प्रहरीले चलाएको गोली लागेर तीन जना प्रदर्शनकारीको मृत्यु भएको छ ।
आजको मन्त्रिपरिषद् बैठकमा बानेश्वर घटनाका विषयमा छलफल हुनसक्ने एक मन्त्रीले बताए ।










