१३ असार २०८३, शनिबार
,
Latest
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख दुर्घटनामा मृत्यु निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेडियाे नेपालले हटायाे डा बाबुरामकाे अन्तर्वार्ता



अ+ अ-

काठमाडाैं

प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रयोग गरेको भाषा र विचारप्रति सामाजिक संजालमा विराेध भएपछि सरकारकाे दबाबमा रेडियो नेपालले उक्त सामग्री हटाएको छ।

रेडियाे नेपालका समाचार महाशाखा प्रमुख डा नवराज लम्सालले सोमबार बिहान ६:३० बजे डा भट्टराइसँग समसामयिक राजनीतिक विषयमा अन्तरसंवाद लाइभ प्रशारण गरेका थिए । जनता समाजवादी पार्टीका नेता डा भट्टराईले प्रधानमन्त्रीका सम्बन्धमा “निरङ्कुश, उदण्ड, भष्मासुर” जस्ता शब्द प्रयाेग गरेका थिए ।

चाैतर्फी दबाब परेपछि रेडियाे नेपालका कार्यकारी निर्देशक सुरेश कुमार कार्कीले विज्ञप्ति नै निकालेर डा भट्टराईले बोलेका अभिव्यक्तिले आफूहरूलाई दु:खी तुल्याएकाे जनाएका छन् ।

कार्कीले निकालेको विज्ञप्तिमा भनिएकाे छ, ‘समाचार महाशाखा प्रमुख डा. नवराज लम्सालद्वारा सञ्चालित उक्त कार्यक्रममा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई अतिथिका रूपमा निम्त्याइएकोमा उहाँले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूप्रति लक्षित गरी प्रयोग गर्नुभएको भाषा र विचारले हामीलाई दुःखी तुल्याएको छ ।’

विज्ञप्तिमा अतिथि चयन गर्दा गम्भीर रूपमा सचेत रहने पनि उल्लेख छ ।

डा भट्टराइले के भनेका थिए?

राष्ट्रपतिलाई समेत दुरूपयाेग गरेर अध्यादेश जारी गर्ने, संवैधानिक आयाेग पनि कब्जा गरेर आफ्नै मान्छेले अख्तियार दुरूपयाेग अनुसन्धान आयाेग, निर्वाचन आयाेग, न्यायालय जस्तामा पूरै आफ्ना मान्छे राखेर पूरै एउटा हिटलर बन्ने दिशातिर उनी (केपी) गइरहेका छन् । सांसदहरूलाई अपहरण गरेर ल्याएर, पार्टी फुटाउने जुन प्रयत्न उनले गरे त्यसला ई हामीले भण्डाफाेर गर्याैं । मुद्दा समेत दर्ता गर्न नदिएर देश चरम फाँसिबादतिर गइरहेकाे छ, तत्कालचाहिँ हामी जाे जहाँ भए पनि मिलेर मुख्यतः नेकपा भित्रका साथीहरूले केपी ओली नामकाे एउटा भस्मासुरकाे जन्म नेपालमा भएकाे छ त्याे भस्मासुरकाे अन्त्य गरेर देशलाई स्थिरतातर्फ लैजाऔं ।

सामाजिक संजालमा भने रेडियाे नेपालकाे उक्त कार्य स्वतन्त्र विचार विरूद्धकाे कदम भन्दै विराेध पनि भएकाे छ ।