१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बदलिएको कांग्रेसले देश पनि बदल्छ भन्ने विश्वास लिएर महाधिवेशनबाट जानुपर्छ : गगन थापा News Polar देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा News Polar म्युजिकल चियरजस्तो बनेको राजनीतिले सबै पार्टी र नेता एउटै हुन् भन्ने सन्देश गयो जसले भदौ २३ र २४ आयो : गगन थापा News Polar संसद बन्द छ, पार्टी बन्द छ, त्यसैले देशलाई खुलामञ्च चाहिएको छ : गगन थापा News Polar सरकार ढल्दैन, ढल्छ भन्नेहरू नै बेहोस भएर ढल्छन् : रवि लामिछाने News Polar देउवालाई छोडिदिँदा राम्रो हुन्छ, म सुझाव दिन चाहन्छु : रवि लामिछाने News Polar कांग्रेसको इतिहास नै उसको ठूलो राजनीतिक पुँजी हो : रवि लामिछाने News Polar रवि लामिछानेको व्यंग्य– ‘निष्ठा मात्रै पुँजी मानिएको भए म पनि कांग्रेस हुन्थेँ’ News Polar प्रचण्डको चेतावनी : देश, लोकतन्त्र र संविधान गम्भीर अप्ठेरोमा छ News Polar गगन थापाले कांग्रेसमा निरन्तरताको क्रमभंग गरे, अब देशको नेतृत्व गर्ने बाटोमा हिँड्नुस् : प्रचण्ड News Polar महाधिवेशन यात्राको सुरुवात हो, बलियो कांग्रेससहित अगाडि आउने छौँ : विश्वप्रकाश शर्मा News Polar कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान News Polar लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुन सक्छ, यसमा कांग्रेसकै नेतृत्व हो : राजेन्द्र लिङ्देन News Polar कांग्रेससँग मिलेर लोकतन्त्रको रक्षा गर्न फेरि सहकार्य गर्ने समय आएको छ : शंकर पोखरेल News Polar राजनीतिक दलहरूलाई लिङदेनको चेतावनीः ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’ News Polar ‘नियन्त्रित लोकतन्त्र नेपाली जनताको नियति हुन सक्दैन’ : शरतसिंह भण्डारी News Polar २० वर्षभित्र नेपाललाई विकसित देश बनाउने योजना बनाउनुपर्छ : भट्टराई News Polar गगनले देशको नेतृत्व गर्न सक्छन्, मलाई विश्वास छ : रेशम चौधरी News Polar नियन्त्रित लोकतन्त्र नेपाली जनतालाई स्वीकार्य हुँदैन : शरतसिंह भण्डारी News Polar रेशम चौधरीको प्रश्न : गणतन्त्रसँगै हाम्रो पहिचान र धर्म किन साटियो ?

निजी प्रयाेगशालाबाट पनि काेराेनाभाइरस परीक्षण गर्न सरकारले दियाे अनुमति

निजी प्रयाेगशालाबाट पनि काेराेनाभाइरस परीक्षण गर्न सरकारले दियाे अनुमति
अ अ+ अ-

काठमाडाैंः

सरकारले निजी प्रयोगशालाबाट पनि कोरोनाभाइरस (कोभिड—१९) परीक्षण गर्ने बाटो खोलेको छ । परीक्षण सम्बन्धी मापदण्ड निर्देशिका जारी गर्दै सरकारले कोभिड—१९ परीक्षण निजी प्रयोगशालाले पनि गर्न सक्ने गरी बाटो खोलेको हो । सरकारले बनाएको मापदण्ड अनुसार प्रयोशाला निर्माण गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट छुट्टै अनुमति लिएर निजी प्रयोगाशालाले परीक्षण गर्न सक्ने मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा देवकाेटा (फाइल तस्वीर)

मन्त्रालयमा साेमबार आयाेजित नियमित पत्रकार सम्मेलनका क्रममा डा देवकाेटाले सोमबारदेखि नै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि काेराेनाभाइरसका लागि पिसिआर परीक्षण सुरु भएको जानकारी दिए । यो सँगै नेपालमा विभिन्न १६ स्थानमा पिसिआर विधिबाट कोरोना परीक्षण हुन थालेकाे छ । यसैगरी प्रदेश नम्बर १ ले कोरोना परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले १०० बेडको अस्पताल सञ्चालनमा ल्याएको छ ।

संक्रमणकाे अवस्था

नेपालमा संक्रमितको संख्या ५२ पुगेको छ । अहिले सबैभन्दा बढी विराटनगरमा ३१ जना उपचाररत रहेका छन् । यसैगरी वीरगञ्जमा ३ तथा भरतपुर र कैलालीमा १—१ जना उपचाररत रहेका छन् । अहिलेसम्म १६ जना संक्रमित उपचारपछि निको भएर घर फर्किसकेका छन् । प्रवक्ता देवकोटाले केही ठाउँमा मात्र कोरोना दोस्रो चरणमा प्रवेश गरेको बताए । कोरोनालाई दोस्रो चरणमा नै सीमित राख्न लकडाउनको पूर्ण पालना र क्वारेन्टाइनमा व्यवस्थापनमा ध्यान दिन मन्त्रालयले आग्रह गरेको छ ।

सोमबारसम्म ५३ हजार ५३४ जनाको नमुना परीक्षण भएको छ । पिसिआर विधिबाट १० हजार ४७१ र आरडिटी विधिबाट ४३ हजार ८३ जनाको परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा २ हजार १८४ जनाको नमुना परीक्षण गरिएको छ ।

सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा आरडिटी परीक्षण भएको छ । त्यहाँ ११ हजार ९६१ वटा परीक्षण भएका छन् । यसैगरी प्रदेश नम्बर १ मा ४ हजार ५४५, प्रदेश नम्बर २ मा ५ हजार २०८ र बागमती प्रदेशमा ७ हजार ६२६ वटा परीक्षण भएका छन् । यस्तै गण्डकी प्रदेशमा ४ हजार ९२४, प्रदेश नम्बर ५ मा ३ हजार ४७१ र कर्णाली प्रदेशमा ५ हजार १२८ आरडिटी परीक्षण भएको प्रवक्ता देवकोटाले जानकारी दिए ।

अहिले २० हजार १९५ जना देशभरी क्वारेन्टाइनमा रहेका छन् । उपत्यकामा ८ र बाहिर ९८ सहित १०६ जना आइसोलेसनमा उपचाररत रहेका छन् ।