२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिरामीको मृत्यु भएको भन्दै चितवनकाे प्रकाश मेडिकलमा घेराउ



अ+ अ-

चितवन

पूर्वी चितवनको कालिका २ स्थित प्रकाश मेडिकलमा बिरामीको मृत्यु भएको भन्दै आफन्तहरुले मेडिकल घेराउ गरेका छन ।

पेट दुखेर मेडिकल पुगेकी २५ बर्षिय निरमाया थिङको सोही मेडिकलमा मृत्यु भएको निरमायाका श्रीमान् भीम मोक्तानले बताए । मेडिकलमा उपचारमा लापरवाही भएको र उनको थप उपचारको लागि मेडिकलले भरतपुर पठाए पनि पुरानो मेडिकलमा पुग्दा श्रीमतीको मृत्यु भइसकेको मोक्तानले बताए ।

पर्सा जिल्लाको ठोरी ५ सुबर्णपुर घर भएका उनीहरु हाल कालिका १ लंकालाइनमा भाडामा बस्दै आएका थिए । मेडिकल संचालक प्रकाश रिजालले बिरामीको पेट दुखेकाले दुखाइ कम गराउने डिक्लोफेनिक र ग्यास्टिकको औषधि दिइ भरतपुर पठाइएको बताए ।

मेडिकल संचालक रिजाललाई सोधपुछका लागि ईलाका प्रहरी कार्यालय टाँँडी लगेको प्रहरीले जनाएको छ । अहिले मृतकको शव सरकारी अस्पतालमा पोस्टमार्टमको लागि राखिएको प्रहरीले जनाएको छ ।