१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बदलिएको कांग्रेसले देश पनि बदल्छ भन्ने विश्वास लिएर महाधिवेशनबाट जानुपर्छ : गगन थापा News Polar देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा News Polar म्युजिकल चियरजस्तो बनेको राजनीतिले सबै पार्टी र नेता एउटै हुन् भन्ने सन्देश गयो जसले भदौ २३ र २४ आयो : गगन थापा News Polar संसद बन्द छ, पार्टी बन्द छ, त्यसैले देशलाई खुलामञ्च चाहिएको छ : गगन थापा News Polar सरकार ढल्दैन, ढल्छ भन्नेहरू नै बेहोस भएर ढल्छन् : रवि लामिछाने News Polar देउवालाई छोडिदिँदा राम्रो हुन्छ, म सुझाव दिन चाहन्छु : रवि लामिछाने News Polar कांग्रेसको इतिहास नै उसको ठूलो राजनीतिक पुँजी हो : रवि लामिछाने News Polar रवि लामिछानेको व्यंग्य– ‘निष्ठा मात्रै पुँजी मानिएको भए म पनि कांग्रेस हुन्थेँ’ News Polar प्रचण्डको चेतावनी : देश, लोकतन्त्र र संविधान गम्भीर अप्ठेरोमा छ News Polar गगन थापाले कांग्रेसमा निरन्तरताको क्रमभंग गरे, अब देशको नेतृत्व गर्ने बाटोमा हिँड्नुस् : प्रचण्ड News Polar महाधिवेशन यात्राको सुरुवात हो, बलियो कांग्रेससहित अगाडि आउने छौँ : विश्वप्रकाश शर्मा News Polar कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान News Polar लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुन सक्छ, यसमा कांग्रेसकै नेतृत्व हो : राजेन्द्र लिङ्देन News Polar कांग्रेससँग मिलेर लोकतन्त्रको रक्षा गर्न फेरि सहकार्य गर्ने समय आएको छ : शंकर पोखरेल News Polar राजनीतिक दलहरूलाई लिङदेनको चेतावनीः ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’ News Polar ‘नियन्त्रित लोकतन्त्र नेपाली जनताको नियति हुन सक्दैन’ : शरतसिंह भण्डारी News Polar २० वर्षभित्र नेपाललाई विकसित देश बनाउने योजना बनाउनुपर्छ : भट्टराई News Polar गगनले देशको नेतृत्व गर्न सक्छन्, मलाई विश्वास छ : रेशम चौधरी News Polar नियन्त्रित लोकतन्त्र नेपाली जनतालाई स्वीकार्य हुँदैन : शरतसिंह भण्डारी News Polar रेशम चौधरीको प्रश्न : गणतन्त्रसँगै हाम्रो पहिचान र धर्म किन साटियो ?

कोरोना त्रास: वैकल्पिक पढाइबारे अन्योल

कोरोना त्रास: वैकल्पिक पढाइबारे अन्योल
अ अ+ अ-

काठमाडौं । कोरोना भाइरस संक्रमण त्रासका कारण बन्द भएको विद्यालय तहको पढाइ सुचारु गर्ने विषयमा शिक्षा मन्त्रालयका अधिकारी अझै निर्णयमा पुग्न सकेका छैनन्। अनलाइन माध्यमको प्रयोग, स्थानीय सञ्चार माध्यम–जिल्ला तहमा रहेका रेडियो, टेलिभिजन, पत्रपत्रिकाको प्रयोग वा स्थानीय तहमा सहजकर्ता राखेर पढाइ सञ्चालन गर्न सकिन्छ कि भन्ने विषयमा मन्त्रालयका अधिकारी र यस क्षेत्रका विज्ञबीच विभिन्न चरणमा छलफल भएको छ। तर, यो माध्यमको प्रयोगको प्रभावकारिताका विषयमा ती अधिकारी नै विश्वस्त हुन सकेका छैनन्। केही विश्वविद्यालय र क्याम्पसले अनलाइनमार्फत पढाइ सञ्चालन गरेका छन्। तर, त्यो प्रभावकारी भएको छैन।

विश्वविद्यालय तहको पढाइसमेत अनलाइन माध्यमबाट सुचारु गर्न नसकेको अवस्थामा विद्यालय तहमा यसको प्रयोग गर्न सकिँदैन कि भन्ने शंका मन्त्रालयका अधिकारीमा छ। कोरोना भाइरस संक्रमण त्रासका कारण लकडाउन अवधि वैशाख २५ सम्मलाई तोकिएको छ। लकडाउन टुंगिएपछि पनि सबैभन्दा ढिलो खुल्ने क्षेत्रमा विद्यालय पर्ने शिक्षा मन्त्रालयले बताउँदै आएको छ।भाइरसको त्रास साम्य भएपछि पनि केही समय पढाइ सुचारु गर्न नसकिने भएका कारण पढाइका वैकल्पिक तरिकाबारे छलफल भएको हो। मन्त्रालयले केही समयअघि पूर्वविज्ञान तथा प्रविधिमन्त्री गणेश साहको संयोजकत्वमा समिति बनाएर पढाइ, परीक्षा प्रणाली तथा अन्य विषयलाई सुचारु गर्ने विषयमा अध्ययन गरेको थियो।

सोही समितिअन्तर्गत रहेर विभिन्न ६ वटा विषयगत उपसमितिसमेत गठन भएको थियो। नेपाल खुला विश्वविद्यालयका उपकुलपति डा। लेखनाथ शर्माको संयोजकत्वमा गठित उपसमितिले पढाइका विभिन्न विकल्पबारे अध्ययन गरी प्रतिवेदन बुझाएको थियो। शर्माले भने, ‘नेपालजस्तो भौगोलिक विकटता भएको मुलुकमा एउटै विधि मात्र पढाइको विकल्प छैन। अनलाइनमा पढाउनेदेखि स्थानीय सञ्चार माध्यमको प्रयोग र सहजकर्ता परिचालनसम्म गर्नुपर्ने सुझाव हामीले दिएका छौं।’ तर, पहिलो अनुभव भएका कारण यो सबै विद्यार्थीको पहुँचमा पुर्‍याउन भने कठिन हुने उनको बुझाइ छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक डा।तुल्सी थपलियाले अनलाइन माध्यममा पढाउने भनिए पनि अहिलेको अवस्थामा प्रभावकारी नहुने बताए।

‘यो वैकल्पिक तरिका त हो। तर लाखौं विद्यार्थीलाई केन्द्रमा बसेर नियन्त्रण गर्ने कुरा असम्भवजस्तै छ’, थपलियाले भने, ‘यदि सबै विद्यालय सक्षम भइदिए र उनीहरू आफैंले व्यवस्था गर्न सके यो विधि सम्भव थियो। तर, नेपालका विद्यालय यस्तो प्रविधि अपनाउन अहिले सक्षम छैनन्।’ चीनले पनि लकडाउनका बेला अनलाइनबाटै पढाएको थियो। तर, सबै व्यवस्थापन सम्बन्धित विद्यालयले नै गरेको थियो। नेपालमा २८ हजारभन्दा बढी सरकारी लगानीका विद्यालय छन्।हरेक वर्ष विद्यालय तहमा वैशाख १ गतेदेखि शैक्षिक सत्र सुरु हुन्छ। तर, १५ गतेसम्म भर्ना अभियानसम्बन्धी कार्यक्रम गरिने भएकाले यो वर्ष पनि पढाइमा खासै बाधा पुगेको छैन। वैशाख २५ पछि लकडाउन नथपिने हो भने पनि विद्यालय तहको शैक्षिक क्यालेन्डरमा खासै असर पर्दैन।

मन्त्रालयले पनि शैक्षिक पात्रो नबिग्रने गरी पढाइ सञ्चालन गर्ने बताएको छ। बिदाको समय कटौती गरेरै भए पनि पढाइलाई निरन्तरता दिने पक्षमा मन्त्रालय रहेको शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बताए। तर, लकडाउनको समयमा फुर्सदमा रहेका बालबालिकालाई अध्ययन गर्न सहज होस् भनेर शिक्षा तथा मानव स्रोत विकास केन्द्रले अनलाइन पोर्टल निर्माण गरिरहेको छ। यो पोर्टलमा कक्षा १ देखि १० कक्षासम्मका विद्यार्थीले विषयगत रूपमा आफूलाई चाहिएको सामग्री पढ्न सक्छन्। यो एकतर्फी माध्यम हो। यसमा विद्यार्थीले प्रश्न सोध्न सक्दैनन्। अनलाइनमा भएका सामग्री पढ्न र लेख्न मात्रै सक्छन्। केन्द्रका महानिर्देशक थपलियाका अनुसार एकरदुई दिनमा पोर्टल तयार हुनेछ। ‘यसका लागि करिब सबै तयारी पूरा भएको छ। पोर्टलको नाम के राख्ने र कसरी खोल्ने भन्ने विषयमा छलफल भइरहेको छ’, थपलियाले भने।

त्रिविमा अब अनलाइनबाट पढाइ

कोरोना भाइरस संक्रमण त्रासका कारण कक्षामै उपस्थित भएर पढाइ सञ्चालन गर्न नसकिने भएपछि त्रिभुवन विश्वविद्यालयले अनलाइनमार्फत पढाउने भएको छ। अनलाइनमार्फत शैक्षिक गतिविधि सञ्चालन गर्न उसले निर्देशिकासमेत जारी गरेको छ। आवश्यक प्रक्रिया पूरा गरेर एक सातापछि अनलाइनबाट पढाइ सञ्चालन गरिने निर्देशिकामा उल्लेख छ। कक्षा सञ्चालनको पूर्व तयारी, कक्षा सञ्चालन तथा निर्देशिकाविपरीत जाने शिक्षक कर्मचारीलाई कारबाहीको समेत व्यवस्था गरिएको छ। अनलाइन कक्षा चलाउने हरेक विभाग, स्कुल तथा क्याम्पसले दु्रत गतिमा चल्ने इन्टरनेट, फोन, ल्यापटपको व्यवस्था गर्नु पर्नेछ। यस्तो सुविधाको पहुँच भएका शिक्षक तथा विद्यार्थीको अवस्थ कस्तो छ भन्ने विषयमा एक साताभित्र तथ्यांक संकलन गर्ने तथा उनीहरूलाई के–कस्तो तालिम तथा सहयोग आवश्यक पर्छ जस्ता विषयमा तयारी गर्नुपर्ने निर्देशिकामा छ।

यसको व्यवस्थापन सम्बन्धित विभाग, स्कुल तथा क्याम्पसले गर्नुपर्ने निर्देशिकामा उल्लेख छ।आवश्यक तयारीपछि सम्बन्धित विभाग, स्कुल तथा क्याम्पसको निर्देशन र नियन्त्रणमा रहने गरी पढाइ सञ्चालन हुनेछ। यसरी सञ्चालन गरिएको कक्षालाई नियमित पाठ्यभारसरह गणना गरिने त्रिविले जनाएको छ। पढाइ प्रभावकारी बनाउन हरेक कक्षामा एक जना विद्यार्थी प्रतिनिधि तोकिने, हरेक शिक्षक तथा विद्यार्थीले अनलाइनमार्फत हाजिरीको रेकर्ड राख्नु पर्नेछ। विश्वविद्यालयको पूर्णकालीन शिक्षकले सम्बन्धित विभाग, स्कुल तथा क्याम्पसबाहेक अन्यत्र हुने अनलाइन कक्षामा सहभागी भएर पढाउने पाउने छैन। यदि, पढाएको पाइएमा कारबाही गरिने त्रिविले जनाएको छ। तर, अतिथि प्राध्यापकका रूपमा भने पढाउन पाउनेछन्।

निर्देशिका जारी गरेर त्रिविले अनलाइनमार्फत पढाइ सञ्चालन गर्ने तयारी गरे पनि सबैको पहुँचमा नरहेको विद्यार्थीको गुनासो छ। त्रिविअन्तर्गतकै केही क्याम्पसले स्वतःस्फूर्त रूपमा यसअघि नै अनलाइनमार्फत पढाइ सञ्चालन गरिरहेका छन्। तर, यस्तो पढाइमा मुस्किलले ५० प्रतिशत मात्र विद्यार्थी सहभागी हुने गरेको पब्लिक युथ क्याम्पसका प्रमुख बलराम थापाले जानकारी दिए। यो क्याम्पसले दुई साता अघिदेखि नै अनलाइनमार्फत पढाइ सञ्चालन गरिरहेको छ। त्रिविअन्तर्गत ६२ वटा आंगिक क्याम्पस र एक हजारभन्दा बढी सम्बन्धन प्राप्त क्याम्पस छन्। अन्नपुर्णपोष्ट दैनिक