१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बदलिएको कांग्रेसले देश पनि बदल्छ भन्ने विश्वास लिएर महाधिवेशनबाट जानुपर्छ : गगन थापा News Polar देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा News Polar म्युजिकल चियरजस्तो बनेको राजनीतिले सबै पार्टी र नेता एउटै हुन् भन्ने सन्देश गयो जसले भदौ २३ र २४ आयो : गगन थापा News Polar संसद बन्द छ, पार्टी बन्द छ, त्यसैले देशलाई खुलामञ्च चाहिएको छ : गगन थापा News Polar सरकार ढल्दैन, ढल्छ भन्नेहरू नै बेहोस भएर ढल्छन् : रवि लामिछाने News Polar देउवालाई छोडिदिँदा राम्रो हुन्छ, म सुझाव दिन चाहन्छु : रवि लामिछाने News Polar कांग्रेसको इतिहास नै उसको ठूलो राजनीतिक पुँजी हो : रवि लामिछाने News Polar रवि लामिछानेको व्यंग्य– ‘निष्ठा मात्रै पुँजी मानिएको भए म पनि कांग्रेस हुन्थेँ’ News Polar प्रचण्डको चेतावनी : देश, लोकतन्त्र र संविधान गम्भीर अप्ठेरोमा छ News Polar गगन थापाले कांग्रेसमा निरन्तरताको क्रमभंग गरे, अब देशको नेतृत्व गर्ने बाटोमा हिँड्नुस् : प्रचण्ड News Polar महाधिवेशन यात्राको सुरुवात हो, बलियो कांग्रेससहित अगाडि आउने छौँ : विश्वप्रकाश शर्मा News Polar कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान News Polar लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुन सक्छ, यसमा कांग्रेसकै नेतृत्व हो : राजेन्द्र लिङ्देन News Polar कांग्रेससँग मिलेर लोकतन्त्रको रक्षा गर्न फेरि सहकार्य गर्ने समय आएको छ : शंकर पोखरेल News Polar राजनीतिक दलहरूलाई लिङदेनको चेतावनीः ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’ News Polar ‘नियन्त्रित लोकतन्त्र नेपाली जनताको नियति हुन सक्दैन’ : शरतसिंह भण्डारी News Polar २० वर्षभित्र नेपाललाई विकसित देश बनाउने योजना बनाउनुपर्छ : भट्टराई News Polar गगनले देशको नेतृत्व गर्न सक्छन्, मलाई विश्वास छ : रेशम चौधरी News Polar नियन्त्रित लोकतन्त्र नेपाली जनतालाई स्वीकार्य हुँदैन : शरतसिंह भण्डारी News Polar रेशम चौधरीको प्रश्न : गणतन्त्रसँगै हाम्रो पहिचान र धर्म किन साटियो ?

नेकपा सचिवालय बैठक आज

नेकपा सचिवालय बैठक आज
अ अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष नेताबीच सोमबार भएको छलफलमा सचिवालय र स्थायी कमिटीको बैठक बोलाउने सहमति भएको छ । नेकपाका शीर्ष नेताहरूले छुट्टाछुट्टै विभिन्न तहमा छलफल गरी यो सहमतिमा पुग्नुभएको हो । सहमति अनुसार सचिवालय बैठक मङ्गलबार बस्ने छ । सचिवालय सदस्य झलनाथ खनालका अनुसार सोमबार शीर्ष नेताहरूको बीचमा भएको छलफलबमोजिम सचिवालय र स्थायी कमिटीका बैठक तत्कालै बोलाउने सहमति भएको छ । खुमलटारमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भएको छलफलमा आफूले पार्टी तथा सरकारलाई चुस्त गतिमा सञ्चालन गर्न पार्टी बैठक अनिवार्य बोलाउनुपर्ने सुझाव दिएको भन्दै उनले मङ्गलबारका लागि सचिवालयको बैठक बोलाइएको जानकारी दिए ।

सचिवालय बैठकले नै स्थायी कमिटीको बैठक बोलाउने निर्णय गर्न सक्ने स्थायी समितिका सदस्य भीम रावलले बताए। शीर्ष नेताहरूको छलफलमा सहभागी भएका नेता रावलले पार्टी तथा सरकारलाई प्रभावकारी तवरबाट सञ्चालन गर्नका लागि सचिवालय र स्थायी कमिटीको बैठक आवश्यक रहेकोप्रति सबै नेताले जोड दिनुभएको उनको भनाइ छ । यसअघि स्थायी कमिटीका २० जना सदस्यले बैठकको माग गरी पार्टी अध्यक्षलाई लिखित पत्र नै दिएको उनले बताए । सोमबार नै नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र पार्टीका सचिवालय सदस्य माधवकुमार नेपालबीच बालुवाटारमा छलफल भएको थियो ।

त्यसपछि नेता नेपालको निवास कोटेश्वरमा पनि शीर्ष नेताहरूको बीचमा छलफल भएको थियो । सो छलफलमा नेता नेपालसहित सचिवालय सदस्य ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्य एवं प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेल, स्थायी समिति सदस्य एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, नेताहरू भीम रावल, रघुजी पन्त, सुरेन्द्र पाण्डेलगायतको उपस्थिति थियो । त्यसैगरी, सोमबार नै नेकपाका अध्यक्ष प्रचण्ड र सचिवालय सदस्य झलनाथ खनालबीच पनि खुमलटारमा छलफल भएको थियो ।