१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बदलिएको कांग्रेसले देश पनि बदल्छ भन्ने विश्वास लिएर महाधिवेशनबाट जानुपर्छ : गगन थापा News Polar देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा News Polar म्युजिकल चियरजस्तो बनेको राजनीतिले सबै पार्टी र नेता एउटै हुन् भन्ने सन्देश गयो जसले भदौ २३ र २४ आयो : गगन थापा News Polar संसद बन्द छ, पार्टी बन्द छ, त्यसैले देशलाई खुलामञ्च चाहिएको छ : गगन थापा News Polar सरकार ढल्दैन, ढल्छ भन्नेहरू नै बेहोस भएर ढल्छन् : रवि लामिछाने News Polar देउवालाई छोडिदिँदा राम्रो हुन्छ, म सुझाव दिन चाहन्छु : रवि लामिछाने News Polar कांग्रेसको इतिहास नै उसको ठूलो राजनीतिक पुँजी हो : रवि लामिछाने News Polar रवि लामिछानेको व्यंग्य– ‘निष्ठा मात्रै पुँजी मानिएको भए म पनि कांग्रेस हुन्थेँ’ News Polar प्रचण्डको चेतावनी : देश, लोकतन्त्र र संविधान गम्भीर अप्ठेरोमा छ News Polar गगन थापाले कांग्रेसमा निरन्तरताको क्रमभंग गरे, अब देशको नेतृत्व गर्ने बाटोमा हिँड्नुस् : प्रचण्ड News Polar महाधिवेशन यात्राको सुरुवात हो, बलियो कांग्रेससहित अगाडि आउने छौँ : विश्वप्रकाश शर्मा News Polar कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान News Polar लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुन सक्छ, यसमा कांग्रेसकै नेतृत्व हो : राजेन्द्र लिङ्देन News Polar कांग्रेससँग मिलेर लोकतन्त्रको रक्षा गर्न फेरि सहकार्य गर्ने समय आएको छ : शंकर पोखरेल News Polar राजनीतिक दलहरूलाई लिङदेनको चेतावनीः ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’ News Polar ‘नियन्त्रित लोकतन्त्र नेपाली जनताको नियति हुन सक्दैन’ : शरतसिंह भण्डारी News Polar २० वर्षभित्र नेपाललाई विकसित देश बनाउने योजना बनाउनुपर्छ : भट्टराई News Polar गगनले देशको नेतृत्व गर्न सक्छन्, मलाई विश्वास छ : रेशम चौधरी News Polar नियन्त्रित लोकतन्त्र नेपाली जनतालाई स्वीकार्य हुँदैन : शरतसिंह भण्डारी News Polar रेशम चौधरीको प्रश्न : गणतन्त्रसँगै हाम्रो पहिचान र धर्म किन साटियो ?

कोरानाबाट मृत्यु हुनेकाे संख्या २ लाख ११ हजार नाघ्यो

कोरानाबाट मृत्यु हुनेकाे संख्या २ लाख ११ हजार नाघ्यो
अ अ+ अ-

काठमाडौै । कोरोना भाइरसका कारण विश्वभ २ लाख ११ हजार नाघेको छ । मंगलबार बिहानसम्म कोेरोनाका कारण ज्यान गुमाउनेको संख्या २ लाख ११ हजार ६०७ पुगेको छ । भाइरस संक्रमित हुनेको संख्या ३० लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालको तथ्यांकअनुसार अहिलेसम्म विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३० लाख २० हजार एक सय १७ पुगेको छ । अमेरिकामा मात्रै संक्रमित हुनेको संख्या नौ लाख ८३ हजार भन्दा बढी पुगेको छ । त्यस्तै स्पेनमा दुई लाख २९ हजारभन्दा बढी संक्रमित भइसकेका छन् भने इटालीमा एक लाख ९९ हजारभन्दा बढी मानिस संक्रमित भइसकेका छन् ।

। सबैभन्दा बढी अमेरिकामा मृत्यु हुनेको संख्या ५५ हजार सात सय ३५ पुगेको छ । त्यस्तै इटालीमा २६ हजार नौ सय ७७ को मृत्यु भएको छ भने स्पेन र फ्रान्समा २३ हजारभन्दा बढीको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ ।

अहिलेसम्म विश्वभर कोरोना भाइरसका आठ लाख ८७ हजार संक्रमित निको भएर घर फर्किसकेका छन् । निको हुनेमा सबैभन्दा बढी स्पेनमा एक लाख २० हजार मानिस निको भएर घर फर्किएका छन् । त्यस्तै जर्मनीमा एक लाख १४ हजार तथा अमेरिकामा पनि एक लाख १० हजार संक्रमित निको भएर घर फर्किएका छन् । सौर्य दैनिक