१६ भाद्र २०८३, मंगलवार
,
Latest
भोटेकोशी बाढीले अगामी दिनमा जलवायु अनुकूलनयुक्त संरचना निर्माण गर्नुपर्ने पाठ सिकायोः मन्त्री श्रेष्ठ राहतका लागि सरकारले लागू गरेको ‘एकद्वार प्रणाली’ प्रभावकारी हुन सकेनः सांसद सुनार भोटेकोशी बाढी र जनधनको क्षतिप्रति राष्ट्रिय सभाद्वारा विशेष प्रश्ताव पारितः सांसदहरूले १५ दिनको पारिश्रमिक सहयोग… रसुवागढी बाढीको विपद्ः राष्ट्रिय एकता कायम गरी प्रभावकारी उद्धार र राहतमा जुट्न सुवेदीको आग्रह रसुवा बाढी अपडेटः मृतकको सङ्ख्या १ हजार ३ पुग्यो, करिव ४ हजार बेपत्ता पोखरामा १०२ शवको पोस्टमार्टम सम्पन्न, पहिचान हुन नसकेका ७८ शवको सुरक्षित व्यवस्थापन (तस्बिरसहित) सामाजिक सञ्जालमा भाइरल गन्तव्यः सुन्दरताभित्र लुकेको जोखिम कृष्णभीर पहिरोले अवरुद्ध पृथ्वीराजमार्ग खुलाउन कम्तीमा १५ दिन लाग्ने पोखरामा १०२ शवको पोस्टमार्टम सम्पन्न, पहिचान हुन नसकेका ७८ शवको सुरक्षित व्यवस्थापन गण्डकी प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

छिटोछरितो र पारदर्शी सेवा प्रवाहका लागि कर्मचारीलाई निर्देशन



अ+ अ-

धनुषा। मधेस प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवले राष्ट्रसेवक कर्मचारीलाई छिटोछरितो र पारदर्शी रूपमा सेवा प्रवाह गर्न निर्देशन दिनुभएको छ ।

हित निजामती सेवा दिवसका अवसरमा मधेस प्रदेश गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा आज जनकपुरधाममा आयोजित कार्यक्रममा उहाँले कर्मचारी नै जनतासँग जोडिने सरकारको प्रतिनिधि भएकाले सेवाको प्रभावकारिताका लागि क्रियाशील हुन निर्देशन दिनुभयो ।

कार्यवाहक मुख्यमन्त्रीसमेत रहनुभएका यादवले जनताको आस्था, विश्वास र अपेक्षालाई पूरा गर्नेगरी सेवा प्रवाह गर्न प्रशासन अग्रसर हुनुपर्ने र त्यसमा आवश्यक सहजीकरण गर्न प्रदेश सरकार तयार रहेको बताउनुभयो ।

कार्यक्रममा प्रदेशका प्रमुख सचिव मदन भुजेल, धनुषाका प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्य, उच्चपदस्थ अधिकारी, कर्मचारी तथा विभिन्न निकायका प्रतिनिधिहरूले आ–आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रममा विभिन्न खेलकुद प्रतियोगिताका विजेता कर्मचारीलाई पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो । रासस




न्यूजपोलारबाट थप समाचार
भर्खरै