१३ असार २०८३, शनिबार
,
Latest
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख दुर्घटनामा मृत्यु निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बारीमै कुहियो तरकारी, कामदारलाई तलब खुवाउन ऋण खोज्दै किसान



अ+ अ-

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि सरकारले लकडाउन लागू गरेपछि अत्यावस्यक वस्तु एवं कृषि उत्पादनको ढुवानी सहज बनाउने बताउँदै आएको छ । तर किसानहरु भने आफ्नो उत्पादन विक्री नभएर समस्यामा परेका छन् । एकातिर तरकारी आपूर्ति कम हुँदा उपभोक्ता महँगोमा खान बाध्य छन भने अर्कोतर्फ ढुवानी नहुँदा किसानहरुले लाखौंको नोक्सानी ब्यहोर्नुपरेको छ ।

कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेको एक महिना भन्दा बढी भइसकेको छ । देशभर जारी लकडाउनको कारण सवारी आवागमन ठप्प छ । सरकारले खाद्य वस्तु एवं अत्यावस्यक वस्तुको ढुवानीमा कुनै रोक नलगाएको बताउँदै आएको छ । तर किसानले भने आफ्नो उत्पादन बजार सम्म पुर्याउन नपाउँदा समस्यामा परेका छन् । किसानले उत्पादन गरेको तरकारी बिक्री नहुँदा कुहिएर गएको छ । चितवनको खैरहनी नगरपालिका वडा नम्बर २ का धनश्याम दासले २२ बिगाह जमिनमा तरकारी खेति गर्नुभएको छ । लकडाउनको कारण तरकारी विक्री नभएको भन्दै व्यापारीले तरकारी नलैजाँदा उहाँले गरेको उत्पादन बारीमै कुहिएको छ । तीन बिगाह क्षेत्रफलमा लगाएको पाटे घिरौंला प्रसस्त उत्पादन भएको छ तर विक्री नभएपछि सुकेर गएको छ । कुनै बेला एक सय रुपैयाँ प्रति किलो विक्री हुने पाटे घिरौंला अहिले सस्तोमा दिंदा समेत विक्री नभएको गुनासो उहाँको छ ।

यस्तै १० बिगाह क्षेत्रफलमा लगाएको गोलभेडा र तीन विगाहमा लगाएको लौका सहित अन्य तरकारी पनि विक्री नहुँदा कुहिएर गएको दासको भनाई छ । उहाँले लकडाउन भएयता ५ ट्रक गोलभेडा कुहिएर नष्ट भएको र अझै १० ट्रक कुहिने अवस्थामा पुगेको बताउनुभयो । उहाँले अहिले गोलभेडा १० रुपैयाँ प्रति किलोमा विक्री गर्न खोज्दा समेत विक्री नभएको बताउनुभयो ।

लकडाउन हुनभन्दा पहिले नारायणगढ, पोखरा, काठमाडौंको बजारबाट अत्याधिक माग हुने गरेको र मूल्य समेत राम्रो पाउने गरेकोमा अहिले विक्री नभएर समस्यामा परेको कृषक दासले बताउनुभयो । उहाँले तरकारी विक्री नभएपछि कामदारलाई तलब खुवाउन र बैंकको किस्ता तिर्न समेत समस्या भएको बताउनुभयो । यसअघि तरकारी उत्पादनबाटै लाखौं आम्दानी गर्दै आएकोमा अहिले कामदारलाई तलब खुवाउन समेत ऋण खोज्नुपरेको छ । लकडाउनका कारण यो सिजनमा मात्रै २ करोड रुपैयाँ सम्म नोक्सानी हुने गुनासो उहाँले गर्नुभयो ।