२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी हुन् कांग्रेसका मनकारी युवा नेता, जसले सयौ परिवारलाई यसरी वितरण गरे राहत (फोटो फिचर)



अ+ अ-

काठमाडौं। नेपाली कांग्रेसका युवा नेता लिखीन्ततेन्द्र क्षेष्ठले लकडाउनका कारण समस्यामा परेका २५० परिवारलाई राहत वितरण गरेका छन् । सोमवार काठमाडौं महानगरपाली वाडा ४ स्थित विशालनगर चण्डोलमा रहेका विपन्न परिवार, भाडामा बस्ने विद्यार्थी तथा मजदूरका परिवारलाई राहत वितरण गरेका हुन्।

दैनिक ज्याला मजदुरी गरेर बिहान बेलुकाको छाक टार्नुपर्ने मजदुर तथा विपन्न समुदायका मानिसलाई राहत वितरण गरिएको नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रीय सदस्य समेत रहेका श्रेष्ठले बताए । उनीहरुलाई प्रति परिवार १० किलो चामल, दाल र नुन २/२ किलो, प्याज र आलु २/२ किलो, तेल १ लिटर वितरण गरिएको थियो ।

श्रेष्ठले लकडाउनका कारण समस्यामा परेका २५० परिवारलाई चामल १०० बोरा, आलु १५ बोरा, दाल १० बोरा, नुन ५०० केजि, तेल २५० पाकेट र प्याज १५ बोरा वितरण गरेका हुन् । अधिकांश घरलगायत निर्माणको काममा खटिने मजदुर, रिक्सा चालक लकडाउनका कारण समस्यामा परेको जानकारी पाएपछि ब्याक्तिगत लगानीमा राहत वितरण गरिएको श्रेष्ठले बताए ।