२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुकले आर्थिक र सामाजिक रुपान्तरणमा निजामति कर्मचारीको योगदान महत्वपूर्णः मुख्यसचिव अर्याल



अ+ अ-

काठमाडौँ । सरकारका मुख्यसचिव एकनारायण अर्यालले नेपालको निजामति सेवा मुलुकको शासन प्रणालीको मेरुदण्डको रुपमा स्थापित भइसकेको बताउनुभएको छ ।

निजामति सेवा दिवसको अवसरमा आईतवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बत्रोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले निजामति सेवा दिवसले कर्मचारीलाई व्यवसायिक र सिर्जनशील प्रशासन, विकास, समृद्धि र सुशासन तथा नागरिक र राष्ट्रप्रतिको जिम्मेवारी, उत्तरदायित्व र समर्पणबोधलाई अझ प्रगाढ बनाएको बताउनु भयो । सार्वजनिक सेवा प्रवाह, नियमन, सुशासन र विकाससँगै सरकारले सरकारका नीति तथा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयनमार्फत मुलुकको आर्थिक र सामाजिक रुपान्तरणमा निजामति संयन्त्रको महत्वपूर्ण योगदान रहेको उहाँको भनाइ छ । अर्यालले कठिन परिस्थिति वा चुनौतीपूर्ण समयमा पनि निजामति प्रशासन सक्षम र सजग रहेको प्रष्ट पार्नुभयो । उहाँले अड्डा र कागजमुखी णालीबाट बाहिरिँदै सूचना प्रविधिको उपयोगमार्फत डिजिटल सेवातर्फ अघि बढ्न निजामति सेवाले महत्वपूर्ण भुमिका निर्वाह समेत उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘आज हामी व्यवसायिक र सिर्जनशील प्रशासन, विकास समृद्धि र सुशासन भन्ने मुल नाराका साथ २२ औं निजामति सेवा दिवस मनाइरहेका छौं । आजको यस दिवसले हामी सबै निजामति कर्मचारीहरुलाई नागरिक र राष्ट्रप्रतिको जिम्मेवारी, उत्तरदायित्व, समर्पणभावलाई गहिरोसँग सम्झाइरहेको छ । नेपालको निजामति सेवाले आजको दिनसम्म आइपुग्दा आफ्ना विशिष्ट मौलिक पहचिानसहित नागरिकका लागि सेवा प्रवाहको भरपर्दो अविछिन्न स्थायी संयन्त्रको रुपमा आफूलाई स्थापित गरेको छ । मुलुकको शासन प्रणालीको मेरुदण्ड र मुलुकको सार्वजनिक प्रशासनको मियोको रुपमा रहेको नेपालको निजामति सेवा सार्वजनिक सेवा प्रवाह, नियमन, सुशासन, विकासलगायत सरकारका नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमार्फत मुलुकको आर्थिक, सामाजिक रुपान्तरणमा समर्पित हुँदै आइरहेको छ । मुलुकमा कठिन परिस्थिति आएका बखत पनि मुलुकको जस्तोसुकै चुनौती झेल्नका निम्ति नेपालको निजामति प्रशासन सक्षम छ भन्ने कुरा विगतमा यसले खेलेको भूमिकाले पुष्टि गरिसकेको छ । पछिल्लो समय ढड्डा र अड्डामुखि सेवाबाट आधुनिक सूचना प्रविधिको उपयोग गर्दै  कागज एवं मुहाररहित सेवा प्रवाहलाई क्रमशः डिजिटलाइजेसन युगमा प्रवेश गराउन समेत निजामति सेवाको मत्वपूर्ण भूमिका रहेको छ ।’

मुलुकले हालसम्म प्राप्त गरेका आर्थिक, सामाजिक एवं भौतिक प्रगतिहरुमा समेत निजामती कर्मचारीको उल्लेख्य भुमिका रहेको जिकिर गर्नुभयो  ।




भर्खरै