७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी

तुलसालय आश्रमलाई सामाजिक सेवा पुरस्कार

तुलसालय आश्रमलाई सामाजिक सेवा पुरस्कार
अ+ अ-

काठमाडौँ; ललितपुर महानगरपालिका–२५, नख्खुडोलमा अवस्थित तुलसालय अनाथ आश्रमलाई यस बर्षको रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार प्रदान गरिएको छ । सो कोषले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा तुलसी फाउन्डेसनद्वारा सञ्चालित सो आश्रमकी अध्यक्ष सरु सुवेदीलाई रु १ लाख नगद पुरस्कार सहित सम्मान प्रदान गरिएको हो ।

साथै सोही कार्यक्रममा उक्त फाउन्डेसनलाई आयमूलक कार्यमा सहयोग पुग्नेगरी रु १ लाख ५० हजार संस्थागत सहयोग पनि प्रदान गरिएको थियो । विसं २०७५ मा स्थापित तुलसी फाउण्डेसनद्वारा सञ्चालित सो आश्रममा हाल ४५ जना अनाथ बालबालिका तथा बेसहारा ज्येष्ठ नागरिकहरु छन् । संस्थाले कैयौँ अनाथ र असहायहरुलाई समाजमा पुनस्र्थापना पनि गरेको छ ।

त्यसैगरी सोही कार्यक्रममा चाँगुनारायणस्थित मानव कल्याण समाज (सेवा घर), अनाथ असहाय बाल सुधार समाज, देवीघाट जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठान, गामबेसीका चेपाङ संरक्षण केन्द्रलाई पनि नगद पुरस्कार सहित सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति तथा पूर्व राजदूत केदारभक्त माथेमाले ती पुरस्कार प्रदान गर्नुभएको थियो ।