२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल सचिवालय बैठक बुधबार बस्दै , नेताहरु सहमति नजिक



file photo
अ+ अ-

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बुधबार बस्ने भएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल बीच भेटवार्ता भएलगत्तै सचिवालय बैठक बोलाइएको हो ।

बैठक भोलि बुधबार साँझ ५ बजे प्रधामन्त्रीको सरकारी निबास वालुवाटारमा बस्ने जनाईएको छ । शिर्ष तहमा पटक पटक छलफल पछि नेताहरु केही सहमित नजिक पुगेपछि सचिवालयको बैठक आब्हान गरिएको हो । सचिवालय को बैठक पछि स्थायी समितिको बैठक पनि आब्हान हुने जनाईएको छ ।