६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

नेकपाको विवाद सचिवालयमा, गणितिय खेलमा जुटे शिर्ष नेता

नेकपाको विवाद सचिवालयमा, गणितिय खेलमा जुटे शिर्ष नेता
अ+ अ-

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद गणितिय हिसाबमा केन्द्रीत हुन पुगेको छ । प्रधानमन्त्री एंव पार्टी अध्यक्ष केपी शर्मा ओली, अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालबीचको टकराव अब गणितिय जोडघटाउमा पुगेको हो । पटक पटकका वार्ता सहमतिमा पुग्न नसकेपछि नेताहरु बैठकबाटै सहमति खोज्ने निष्कर्षमा भने पुगेका छन् । पार्टीमा देखिएका समस्या बैठकबाट समधान गर्ने विषयलाई तीनै नेताले आफु अनुकुल प्रयोग गर्ने देखिएपछि तीनै जना नेता शंकाको राजनीतिमा डुबेका छन् । द्विपक्षिय र त्रिपक्षीय वार्ताहरु सहमतिमा पुग्न नसकेपछि बुधबार अपरान्ह सचिवालय बैठक बोलाइएको छ । सोमबारसम्म सहमति नजिक पुगेको बताएका नेताहरु मंगलबार विहान भने हस्ताक्षर अभियान शुरु भएपछि झस्केका छन् ।

शिर्ष नेताले अहिलेसम्म पार्टीको विवादका विषयमा सार्वजनिक अभिव्यक्ति दिएका छैनन् । तर, एकले अर्कालाई ठेगान लगाउने बेला यही हो भन्ने सोचका कारण समस्या आएको दोस्रो तहका नेताहरुको बुझाई रहेको छ । नेकपाका दोस्रो तहका नेताका रुपमा चिनिएका ओली, नेपाल र प्रचण्ड गुटका नेताहरु मध्यमार्गी सहमति खोज्न जुटिरहेका छन् । मंगलबार रातिसम्म तीनै नेताबीच कुनै सहमति जुट्न सकेको छैन । ‘पछिल्लो समय तीनै नेताबीच शंका र आशंका व्याप्त छ । द्विपक्षिय छलफल भएकाले कसको को सँग सहमति भएको छ कि भन्ने शंका नेताहरु रहनु भएको छ’, एक नेताले सुनाए, ‘यद्यपी हामीले बैठकमा घनिभूत छलफल गरेर पार्टीलाई एकताबद्ध हुनेगरी निष्कर्षमा पुगौं भनेका छौं ।’ नेताहरुका अनुसार ओलीलाई आफु प्रधानमन्त्री र अध्यक्ष दुवैबाट हटाइने आशंका छ ।

यस्तै, नेता नेपाल एक पद एक व्यक्तिको अवधारण अनुसार अगाडी बढ्नुपर्छ र त्यसका लागि ओलीले विकल्प दिनुपर्ने अडानमा रहेका छन् । अर्का अध्यक्ष प्रचण्ड यहि बेला आफु पार्टीको बलियो अध्यक्ष बन्ने दाउमा रहेको स्रोतले बताएको छ । जसले गर्दा नेकपाभित्रको राजनीति सोचे जस्तो सजिलो नभएको नेताहरु नै बताउछन् । स्थायी कमिटि सदस्य सुवास नेम्वाङले छलफलहरु जारी रहेकाले बैठक अघि सहमतिमा पुग्नुपर्ने बताउछन् । उनले तीन शिर्ष नेताले नै यसलाई टुंगोमा पु¥याउनुपर्नेमा जोड दिए । ‘जुन ढंगले प्रश्नहरू उठिरहेका छन् त्यसलाई समाधान नगर्ने हो भने यो एउटा व्यक्तिसँग मात्रै सम्बन्धित कुरा भएन, सिंगो पार्टीकै कुरा भयो, सिंगो पार्टीलाई अप्ठ्यारो पर्ने कुरा भयो’, नेता नेम्वाङले भने, ‘आउने चुनावमा पार्टी कसरी जाने भन्नेसम्मका कुरा भए । त्यसैले यो गम्भीर कुरातर्फ सबैको ध्यान गएको छ र सबैजना यसमा लागेका छन् ।’

मंगलबार विहानबाट पूर्वमाओवादी सांसदमा प्रचण्डको निर्देशनमा भन्दै सांसदको हस्ताक्षर संकलन शुरु भएपछि फेरी नयाँ विवाद निस्किएको थियो । सोमबार नेता नेपालसँगको वार्तामा मंगलबार सचिवालय बैठक बोलाउने अनौपचारिक सहमति भएको थियो । तर, पूर्व माओवादीकै नेताहरुले हस्ताक्षर अभियान चलाएको सार्वजनिक गरिदिएपछि ओली झस्किएका थिए । त्यसपछि दुवै नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा दिउसो वार्ता भएको थियो । एक घण्टा लामो वार्तामा हस्ताक्षर संकलनका विषयमा ओलीले प्रचण्डसँग जवाफ माग गरेका थिए ।

स्रोतका अनुसार प्रचण्डले हस्ताक्षर नभएको बताउदै बैठकमा ढिलाई गरेर परिस्थिति झनै जटिल बन्ने बताएका थिए । दुवै अध्यक्षबीच विवाद समधानमा खासै सहमति नजुटेपनि सचिवालय बैठक बोलाउन भने राजी भएका हुन् । बुधबार साँझ पाँच बजे बोलाइएको बैठकले स्थायी कमिटि बैठक बोलाउने वा नबोलाउने भन्ने विषयमा निर्णय गर्नेछ । ४४ सदस्य रहेका सचिवालयका २० सदस्यले बैठक बोलाउन माग गरेका छन् । सचिवालयले स्थायी कमिटि बैठक बोलाए त्यसका एजेण्डा समेत तय गर्नेछ ।

तीन नेता ‘ब्याकफुट’मा

विगत लामो समयदेखी विवाद रहेपनि सरकारले दुईवटा अध्यादेश जारी गरेपछि नेकपाभित्र विवाद उत्कर्षमा पुगेको छ । कतिपयले यसलाई पद बाँडफाडको कुरा नमिल्दाको किचलो समेत भनेका छन् । तर, नेकपाका नेताहरु अहिले सबै ब्याकफुटमा रहेका छन् । स्थायी कमिटि र केन्द्रीय कमिटिमा प्रचण्ड–नेपाल पक्ष आफु बहुमतमा रहेकाले सबै विषय यही छिनोफानो गर्नुपर्ने पक्षमा देखिएका छन् । प्रधानमन्त्री ओली भने संसदीय दलमा आफ्नो बहुमत रहेकाले त्यहासम्म पुगेर निर्णय गर्ने पक्षमा देखिएका हुन् । ओलीलाई संसदीय दलमा बहुमत पु¥याउन १० सांसद अपुग देखिएका छन् । पछिल्लो समय पूर्वमाओवादीका केही सांसद खुलेर गुट परिवर्तन गर्न थालेको देखिएपछि प्रचण्ड अलिकति हच्किएको ओली पक्षिय नेताहरुको विश्लेषण रहेको छ । जसका कारण पछिल्ला दिनमा प्रचण्ड–नेपालपनि त्यत्ति धेरै आक्रमक देखिएका छैन ।

स्थायी कमिटिले प्रधानमन्त्रीबाट ओलीलाई हटाएपनि संविधान अनुसार प्रधानमन्त्री बन्न संसदीय दलको नेता हुन अनिवार्य रहेको छ । संसदीय दलको नेता मात्रै प्रधानमन्त्री हुन पाउने व्यवस्था रहेको छ । यसबीचमा नेताहरुबीच पद बाँडफाँडको विषयमा खुलेरै छलफलहरु हुन थालेका छन् । तीनै जना नेताले उपत्यकाबाहिर रहेका आफ्ना नेताहरुलाई राजधानी आउन पनि निर्देशन दिईसकेका छन् । सौर्य दैनिक