२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बहराइनमा १२६ नेपालीमा कोरोना संक्रमण



अ+ अ-

काठमाडौं । बहराइनमा कोरोना भाइरस संक्रमित नेपालीहरुको संख्या १२६ पुगेको छ । पछिल्लो पटक थप ७७ जना नेपालीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि संक्रमित नेपालीको संख्या १२६ पुगेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार यो तथ्यांक २८ अप्रिल दिउँसो १२ बजेसम्मको हो । कुनै समस्या परेमा सम्पर्क गर्न भन्दै दूतावासले कर्मचारीहरुको नाम र फोन नम्बर पनि सार्वजनिक गरेको छ ।

हाल बहराइनमा १ लाख २१ हजार २ सय ६० जनामा कोरोना संक्रमण परीक्षण गरिएको थियो । हालसम्म बहराइनमा १ हजार ५ सय ५६ जना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणकै कारण ८ जनाको मृत्यु भएको छ । उपचारपछि निको भएर घर फर्किनेहरुको संख्या १ हजार २ सय ४६ छ ।