२४ जेष्ठ २०८३, आईतवार
,
Latest
रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागलुङमा घ्यू भण्डारण गर्न ‘कोल्ड स्टोर’ सञ्चालन



अ+ अ-

गलकोट, (बागलुङ) । बागलुङमा घ्यूको उचित तापक्रममा भण्डारणका लागि १० टन क्षमताको चिस्यान केन्द्र ९कोल्ड स्टोर० निर्माण गरी सञ्चालनमा ल्याइएको छ ।

जिल्लामा किसानको दूधको सङ्कलन, प्रशोधन र बजारीकरण गर्दै आएको बागलुङ दूग्ध सहकारी सङ्घले स्थापना गरेको उद्योगमा रु २० लाखको लागतमा घ्यू कोल्ड स्टोर बनाइएको हो ।

पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको ५० प्रतिशत अनुदान सहयोगमा घ्यू कोल्ड स्टोर निर्माण गरिएको दूग्ध सहकारी सङ्घ बागलुङका अध्यक्ष दिपक गौतमले जानकारी दिनुभयो । सङ्घको रु १० लाख र रु१० लाख पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको अनुदानमा १० टन क्षमताको कोल्ड स्टोर बनाइएको हो ।

जिल्लाका एक हजार ४०० भन्दा बढी किसानबाट दैनिक तीन हजार ५०० लिटर दूधको संकलन, प्रशोधन र बजारीकरण गर्दै आएको सङ्घले घ्यूलाई उचित तापक्रममा भण्डारण गरी  बिक्री गर्नका लागि घ्यू कोल्ड स्टोरले सघाएको गौतमले बताउनुभयो ।

“दूधको माग घटबढ हुन्छ, कहिले दूधको माग धान्नै सकिन्न कहिले दूध धेरै भएको हुन्छ, दूधबाट छुर्पी बनाउदा ठूलो परिमाणमा घ्यू उत्पादन हुन्छ, उत्पादन भएको घ्यू एकैपटक बजारमा बिक्रीसमेत हुँदैन त्यसैले घ्यूलाई उचित तापक्रममा भण्डारण गर्न सानो फ्रिजले पुग्दैन” गौतमले भन्नुभयो “दूधको खपत कम हुँदा उत्पादन भएको घ्यूलाई क्रमश बिक्रीका लागि १० टन क्षमताको कोल्ड स्टोर अझै कम हुन्छ हामीलाई तर अनुदानले राहत मिलेको छ ।” कोल्ड स्टोरमा घ्यूलाई माइनस डिग्रिमा भण्डारण गरिँदै आइएको छ ।

अहिले सङ्घले रु एक हजार ५०० मा एक केजी घ्यू बिक्री गर्दै आएको छ । दूधसँगै दूधजन्य उत्पादन पनिर, छुर्पी, घ्यू र खुवा उत्पादन गर्दै आएको सहकारी सङ्घले आर्थिक वर्ष २०८१/८२ मा किसानबाट रु आठ करोड ९३ लाखको नौ लाख ९२ हजार लिटर दूध खरिद गरेर बिक्री गर्दै आएको छ । दूधमा आत्मनिर्भर जिल्लाका रूपमा रहेको बागलुङमा २४ प्रारम्भिक सहकारी र एक सङ्घले दूधको संकलन र बजारीकरण गर्दै आएको छ । रासस