६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

पक्की सडक निर्माण

पक्की सडक निर्माण
अ+ अ-

म्याग्दी । गण्डकी प्रदेशमा आर्थिक वर्ष २०८१/८२ मा २४५ किलोमिटर सडक कालोपत्रे र ढलान भएको छ ।

आर्थिक वर्ष २०८१/८२ को सहित विसं २०७४ मा प्रदेश सरकार स्थापना भएयता एक हजार १४६ दशमलब ८८ किलोमिटर सडक कालोपत्रे र ढलान भएको भौतिक पूर्वाधार विकास तथा यातायात ब्यवस्था मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सिनियर डिभिजनल इञ्जिनियर डा महेन्द्र बानियाले प्रदेश सरकारले गत वर्ष सम्पन्न भएका ११ वटा सहित ११२ वटा सडक पुल निर्माण गरेको जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्षको ६६ दशमलब ७३ किलोमिटर सहित हालसम्म ७६२ दशमलब ७३ किलोमिटर सडक ग्राभेल भएको छ ।

गत वर्षको पाँच वटासहित ८७ वटा झोलुङ्गे पुल र ३९ वटासहित ६७ वटा भवन निर्माण तथा मर्मत भएको बानियाले बताउनुभयो । गत आर्थिक वर्षमा रु  १२ अर्ब ७१ करोड आठ लाख ६९ हजार बजेट बिनियोजन गरेको मन्त्रालयले ७६ दशमलब ५२ प्रतिशत अथवा रु नौ अर्ब ७२ करोड ६७ लाख ३७ हजार खर्च गरेको छ ।

भौतिक पूर्वाधार विकास तथा यातायात ब्यवस्था मन्त्री प्रकाशबहादुर केसीले मन्त्रालयले पछिल्लो पाँच वर्षयताकै धेरै बजेट खर्च गरेको बताउनुभयो । यस वर्ष पुराना योजनालाई पूर्णता दिन बहुवर्षीय योजनालाई प्राथमिकता दिएर बजेट बिनियोजन गरेको उहाँले बताउनुभयो ।

मन्त्रालयले गत वर्ष रु चार अर्ब २७ करोड ६५ लाख ५६ हजार लागत अनुमान गरिएको ४७ सडक, १३ सडक पुल, १३ झोलुङ्गे पुल र एक वटा भवन निर्माणका लागि गत वर्ष बहुवर्षीय ठेक्का लगाएको छ । आर्थिक वर्ष २०८१/०८२ मा ६३ वटा बहुवर्षीय योजना सम्पन्न भएका छन् ।

हाल २७१ बहुवर्षीय योजना निर्माणाधिन छन् । निर्माणाधिनमध्य १८६ प्रदेश सडक, चार सङ्घीय सडक, डिजाइन एण्ड बिल्ड माध्यमबाट निर्माण गर्नेगरी ठेक्का लागेका सात र तीन वटा सङ्घीयसहित ६६ वटा सडक पुल, १२ वटा झोलुङ्गे पुल र तीन वटा भवन छन् ।

मन्त्रालयले सञ्चालन गरेका २० योजना समस्याग्रस्त छन् । बहुवर्षीय योजनामा रु १० अर्ब १५ करोड ८१ लख ७४ हजार दायित्व रहेकोमा आर्थिक वर्ष २०८२/०८३ मा रु चार अर्ब ७७ करोड ८३ लाख ३४ हजार बिनियोजन भएको छ ।

सालबसाली योजनाको ठेक्का लगाउँदा बचत भएको रकम बहुवर्षीय योजनामा आन्तरिक रकमान्तर गरेर आर्थिक स्रोतको ब्यवस्थापन गरिएको मन्त्रालयका सचिव कमलबहादुर अधिकारीले बताउनुभयो । गत वर्ष सालबसाली योजनाको ठेक्काबाट बचेको रु एक अर्ब ९४ करोड एक लाख ३१ हजार बहुवर्षीय योजनामा रकमान्तर गरिएको थियो । रासस