६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

शक्ति प्रदर्शनमा उत्रिए प्रधानमन्त्री ओली

शक्ति प्रदर्शनमा उत्रिए प्रधानमन्त्री ओली
अ+ अ-

काठमाडौं । सत्तारुढ नेकपामा चर्किदै गएको बिबाद अब हस्ताक्षर सङ्कलन सम्म पुगेको छ । प्रधानमन्त्री केपि शर्मा ओलिसग अशन्तुष्ट नेताहरुले दुईमध्ये एक पद नछाडे प्रधानमन्त्री हटाउनेसम्मको तयारीपछि ओली पक्षले बालुवाटारमै सांसदहरुको हस्ताक्षर संकलन शुरु गरेको हो ।

अहिले संसदीय दलमा ओलीको पक्षमा बहुमत जुटाउनेगरि सांसदहरु बालुवाटारमा भेला भएका छन् । पछिल्ला केहि दिन देखीनै प्रधानमन्त्री ओलि संसदीय दलमा बहुमत सांसदको समर्थन जुटाउन प्रयासरत रहेका थिए ।

बहुमत जुटाउनको लागि ओलीले सांसद तथा पूर्वमन्त्री महेश बस्नेत, किसन श्रेष्ठ, विजय सुब्बा, नवराज सिलवाललगायतलाई खटाएका छन् । प्राधानमन्त्री ओलिको पक्षमा नेकपाका बहुमत सांसद्ले हस्ताक्षर गरिसकेको बताइएको छ ।

ओलिसंग असन्तुष्ट रहेका बामदेब गौतमले समेत ओलीलाइ भित्र भित्र सघाइरहेको बुझिएको छ । गौतमनिकट भनिएका गणेशसिंह ठगुन्ना, राधा ज्ञवाली, दलबहादुर राना, रामवीर मानन्धरलगायत सांसदहरूले हस्ताक्षर गरिसकेका छन् ।

त्यसै गरी पूर्व सभामुख कृष्णबहादुर महराले समेत प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिएका छन् । पार्टीभित्रैबाट ओलीको राजीनामा माग्ने तयारी भैरहेको अवस्थामा महरा ओलीको पक्षमा उभिएको बालुवाटार स्रोतले जनाएको छ ।

नेकपाका १ सय ७२ जना सांसद् छन् । संसदीय दलमा बहुमत सिद्ध गर्न ८८ सांसदको आवश्यकता पर्छ ।