९ आश्विन २०८१, बुधबार
,
Latest
इरानबाट मेरो जीवन ‘ठूलो खतरा’ मा छ– ट्रम्प पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा आज फैसला आउला ? साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल मलयालम अभिनेता सिद्दिकीविरुद्ध पक्राउ पुर्जी जारी सुनको मूल्यले १ लाख ६० हजार नाघ्यो मन्त्री राणा र अमेरिकी उपमन्त्री वासबीच भेटवार्ता हेटौँडा कुलेखानी सिस्नेरी हुँदै काठमाडौँ जाने सडक पुन: सञ्चालन बहिरा विद्यार्थीको भविष्य कोर्दै बहिरा शिक्षिका गौतम युएई दिराम र मलेसियन रिङ्गेटको भाउ घट्यो, अन्य विदेशी मुद्राको कति छ विनिमय दर? अन्नपूर्ण क्षेत्र सरसफाइ अभियान: सिसा र प्लाष्टिकका बोतलमा प्रतिबन्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्काे बैठक २० गते बस्ने गरी नेकपा सचिवालय बैठक सम्पन्न



अ+ अ-


काठमाडौं । सत्तारुढ नेकपाको बुधबार बसेको सचिवालय बैठक भर्खरै सकिएको छ । बहुचर्चित भनिएको सो बैठकमा पार्टीमा हालै चर्किँदै गएको आन्तरिक संघर्षबारेमा छलफल भएको बताइएको छ । तर पनि कुनै पनि निर्णय भने हुन सकेन ।

आजको बैठकमा यही वैशाख २० गते अर्को बैठक बस्ने सहमति भएको छ । यो बैठकले स्थायी कमिटी बैठक मागबारे निर्णय गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनले आज बैठक निरन्तर रहेको र २० गते बस्ने बैठकले स्थायी समितिको बैठक डाक्ने विषयमा सहमति गर्ने बताए ।
बैठक सकिएपछि महासचिव विष्णु पौडेलले सामाजिक र सामाजिक दुरीमा दुई शीर्ष नेता बैठकमा बसेको जानकारी दिँदै फोटो सार्वजनिक गरेका छन् ।

प्रवक्ता श्रेष्ठले भने, ‘‘पार्टीभित्रको आन्तरिक समस्या, पार्टी एकताको सुदृढीकरणको महत्व, सरकार र केही कमरेडहरुले माग गर्नुभएको स्थायी कमिटी बैठकका बारेमा र यससँग जोडिएका विविध पक्षका बारेमा बैठकमा छलफल भयो । छलफल जारी नै छ । यो बीचमा पार्टीको नेतृत्व टिमले अनौपचारिक गृहकार्यको प्रकृया अगाडी बढाउँदै २० गते पुनः सचिवालय बैठक बस्ने निर्णय गरेको छ ।’’

सचिवालय सदस्य एवं उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरलेले भने पार्टी एकतालाई मजबुत बनाउने, सरकारले गरेका राम्रा कामको पक्षमा दृढतापूर्वक उभिने निर्णय गर्दै सचिवालय बैठक सम्पन्न भएको बताएका छन् ।

नेताहरूबीच विवाद चुलिएसँगै प्रचण्ड-माधव नेपाल समूह तथा केपी ओली समूहमा पार्टीभित्र ध्रुवीकरण भएकाे छ । दुबै पक्षले सांसदहरूकाे हस्ताक्षर समेत गराएकाे बताइएकाे छ, र दुबै पक्ष बहुमत सांसद अाफूसँग रहेकाे बताउन थालेका छन् ।