२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालगञ्जमा ‘एनिमल एम्बुलेन्स’ सञ्चालन



अ+ अ-

राँझा । नेपालगञ्ज उपमहानगरपालिकाले घाइते वा अशक्त जनावरलाई उद्धारका लागि ‘एनिमल एम्बुलेन्स’ सञ्चालनमा ल्याएको छ ।

सो एम्बुलेन्स सञ्चालनमा आएपछि दुर्घटनामा परेका, कमजोर, रोगी वा अशक्त जनावरलाई अब अस्पताल वा सेल्टरसम्म पुर्‍याउन सहज हुने उपमहानगरपालिका पशु स्वास्थ्य शाखा प्रमुख अच्युत गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार ‘एनिमल नेपाल’ नामक गैरसरकारी संस्थाले उपमहानगरपालिकालाई एनिमल एम्बुलेन्स हस्तान्तरण गरेको हो । नेपालगञ्जमा छाडा चौपाया सडक दुर्घटनामा पर्दै आएका छन् ।

उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले उक्त एम्बुलेन्सको अधिकतम उपयोग गरिने बताउँदै पशुको उद्धार र व्यवस्थापनमा यसले सहज बनाउने विश्वास व्यक्त गर्नुभयो । एनिमल नेपालका अध्यक्ष शोभा रायमाझीले दुर्घटनामा परेका, कमजोर, रोगी वा अशक्त जनावरलाई अस्पताल वा सेल्टरसम्म पुर्‍याउन सहज बनाउन उपमहानगरपालिकालाई एनिमल एम्बुलेन्स प्रदान गरिएको बताउनुभयो ।