१३ असार २०८३, शनिबार
,
Latest
आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह गाडी दुर्घटनामा स्वर्गद्वारी नगरपालिकाका उपमेयर रानाको निधन निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा पछिल्लो २४ घण्टामा सर्पदंशबाट एक जनाको मृत्यु, १० घाइते पेस्तोल र गोलीसहित दुई युवक पक्राउ स्वर्गद्वारीका उपमेयर सवार गाडी दुर्घटना रेनुका नगरकोटी सर्वाेत्कृष्ट महिला फुटबल खेलाडी अवार्डबाट सम्मानित सरकारलाई सुकुम्बासीको चेतावनी–‘उचित विकल्प नदिए पुनः पुरानै स्थानमा फर्किन्छौँ’ वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा पक्राउ मनसुनमा जाग्ने ढोरपाटनः सिकार पर्यटनबाट दिगो पर्यटनतर्फको यात्रामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डलाई गाली गरेको अभियोगमा पत्रकार पक्राउ



अ+ अ-

काठमाडौं । नेकपा अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई सामाजिक सञ्जालमा गालीगलौच गरेको अभियोगमा पत्रकार दिपक पाठक आज विहान पक्राउ परेका छन् सामाजिक सञ्जाल फेसबुकमा केही दिनदेखि लगातार प्रचण्डलाई अशिष्ट र अमर्यादित गाली गरको विषयमा उजुरी परेपछि उनलाई प्रहरीले घरैबाट पक्राउ गरेको हो ।

उनीमाथि साइबर क्राइमको अभियोग छ । पाठक रेडियो नेपालको बोर्ड सदस्य समेत हुन । अध्यक्ष प्रचण्डका तर्फबाट प्रेस सल्लाहकार विष्णु सापकोटाले छानवीन र कारवाहीका लागि प्रेस काउन्सिलमा केही दिन अघि उजुरी दायर गरेका थिए ।

काउन्सिलले छानवीनपछि कारवाहीका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पत्राचार समेत गरेको थियो । मन्त्रालयले पाठकलाई यो विषयमा स्पष्टीकरण समेत सोधेको थियो ।