९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस्

सामुदायिक विद्यालयमा विद्यार्थीको अभाव हुँदै गएकोप्रति उपप्रधानमन्त्री सिंहको चिन्ता

सामुदायिक विद्यालयमा विद्यार्थीको अभाव हुँदै गएकोप्रति उपप्रधानमन्त्री सिंहको चिन्ता
अ अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सामुदायिक विद्यालयमा विद्यार्थीको अभाव हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्नुभएको छ ।

डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको ४५ औं वार्षिकोत्सव समारोहलाई शुक्रवार सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले अहिले सामुदायिक विद्यालयमा बसाईंसराई लगायतका विभिन्न कारणले विद्यार्थीको अभाव हुँदै गइरहेको बताउनु भयो । उहाँले अब विद्यालयको भौतिक पूर्वाधार सुधार गर्दै उचित सदुपयोग गर्न जरुरी रहेको बताउनु भयो । राजनीतिमा आएको परिवर्तनका कारणले नै अहिले नेपालमै विद्यार्थीले आफूले चाहेका विषयहरु रोजेर पढ्न सक्ने बताउनु भयो । अध्ययनका लागि विदेश जानेहरुलाई रोक्न नसकिने पनि स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘अहिलेको समयमा सामुदायिक विद्यालयमा कस्तो भइरहेको छ भने बसाईंसराई लगायतका कारणले पहिला विद्यार्थीको चाप भएको सामुदायिक स्कुलहरु अहिले विद्यार्थीको अभाव हुँदै गइरहेको छ । विद्यालयका भौतिक पूर्वाधारहरु छन् । अब त्यसलाई समयको मागअनुसार सदुपयोग गर्न सक्नुपर्छ । समयअनुसार विद्यालय सञ्चालन गर्न सक्नुपर्छ । नेपालको विद्यार्थीको स्टाटस जुन छ त्यसको तुलना गर्दा पहिला र अहिलेको धेरै अन्तर भइसकेको छ । राजनीतिमा आएको परिवर्तनका कारणले तपाईंहरुले आफ्ना इच्छा बमोजिम पढ्न सक्नुहुन्छ । पढ्न विदेश जानु पर्दैन । विदेश जानु नै छ भने त्यसमा रोक्न मिल्दैन । क्वालिटी एजुकेसन हाम्रै क्याम्पस र स्क्लुहरुमा छ ।’

उपप्रधानमन्त्री सिंहले विद्यार्थी अनुशासित हुनुपर्ने र प्राप्त अवसरको महत्वलाई बुझेर अघि बढ्नुपर्ने जरुरी रहेको बताउनु भयो ।