१३ असार २०८३, शनिबार
,
Latest
भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह गाडी दुर्घटनामा स्वर्गद्वारी नगरपालिकाका उपमेयर रानाको निधन निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा पछिल्लो २४ घण्टामा सर्पदंशबाट एक जनाको मृत्यु, १० घाइते पेस्तोल र गोलीसहित दुई युवक पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

लकडाउन भएको ३८ औ दिन जारी, प्रहरी जाँचमा कडाई



अ+ अ-

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले घोषणा गरेको लक डाउनको ३८ दिन पुगेको छ ।

चैत ११ गतेबाट जारी गरिएको लक डाउनमा अत्यावश्यक सवारी र पास बाहेकका सवारी मात्रै सञ्चालनमा रहेका छन् । लक डाउनका कारण कोरोना संक्रमण नियन्त्रणमा ठूलो सहयोग पुगेको भन्दै सरकारले वैशाख २५ गतेभित्र लक डाउन थप गरेको छ । यद्यपी अहिले धेरैले लक डाउनको उलंघन गर्दै सवारी सञ्चालन गरेको पाइएको छ ।

पछिल्लो समय सरकारले लक डाउनको कडाई गर्न निर्देशन दिएपछि अहिले विभिन्न चोकमा सवारीको चाप बढेको छ । प्रहरी चेकजाँचमा कडाई गरेपछि चोकहरुमा सवारी साधनहरुको ठूलो लाइन देखिन्छ । बिहीबार बिहान मात्रै प्रहरीले लक डाउन उलंघन गर्ने १५ सय भन्दा बढीलाई कारवाही गरेको जनाएको छ । यसैगरी १ सय १० सवारी साधन पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।