२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar झोलुङ्गे पुलमा क्षतिपश्चात् पठनपाठन प्रभावित News Polar बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति News Polar सुन्तलामा रोग लागेपछि किसान चिन्तामा News Polar बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी News Polar अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गा बीच अमेरिकामा भेटवार्ता News Polar जमुनाहा नाकामा यात्रु सहायता कक्ष News Polar बैंकिङ कसुरमा फरार रहेका एक पक्राउ News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र

हिउँदे ओलम्पिकको स्वागतका लागि तयार बेइजिङ

हिउँदे ओलम्पिकको स्वागतका लागि तयार बेइजिङ
अ अ+ अ-

बेइजिङ I यही वर्षको फेब्रअरीमा चीनको राजधानी सहर बेइजिङ र नजिकको सहर चाङच्याखौले हिउँदे ओलम्पिकको आयोजना गर्दैछ । यो ऐतिहासिक खेलको आयोजनासँगै बेइजिङ गृष्मकालीन तथा हिउँदकालीन ओलम्पिक आयोजना गर्ने विश्वको एक मात्र सहर बन्न गइरहेको छ । कोभिड-१९ महामारीले विश्वलाई आक्रान्त तुल्याइरहेको यो अवस्थामा पनि चीन र बेइजिङ यसको सफल आयोजनाको लागि तयार भइसकेको छ । यसलाई व्यापक रूपमा सफल बनाउन चीन जोडतोड सँग लागिपरेको छ । 

चीन विश्वसमक्ष बेइजिङ हिउँदे ओलम्पिक तथा पारा ओलम्पिक खेलकुद समारोह प्रस्तुत गर्न तयार रहेको नयाँ वर्षको शुभकामना सन्देशमा चिनियाँ राष्ट्रपति सी चिनफिङले व्यक्त गरेका छन् । चीनले यही फेब्रअरी ४ देखि २० सम्म हिउँदे ओलम्पिक र मार्च ४ देखि १३ सम्म पारा ओलम्पिकको आयोजना गर्दैछ । यसै क्रममा आफ्नो नयाँ वर्षको शुभकामना सन्देशमा चिनियाँ राष्ट्रपति सीले भने, विश्व चीनमा हुन गइरहेको विशाल खेल समारोहतर्फ ध्यानाकर्षित भएको छ र यसकोलागि चीन तयार छ । 

ओलम्पिक खेलको लागि एक महिना पनि बाँकी छैन तर कोभिड-१९ र यसको भेरियन्टले विश्वमा त्रास फैलाइरहेको अवस्था छ । विश्वभरका खेलाडी तथा खेलप्रेमीसँगै आयोजक राष्ट्र चीन यस विषयलाई लिएर चिन्तित पनि छ । यस्तो अवस्थामा पनि खेलाडी तथा खेलकुदप्रेमी उत्साही छन् । चीन पनि यो खेल समारोहलाई पूर्ण रूपमा सफल बनाउन कम्मर कसेर लागेको छ । यसैबीच बेइजिङले खेल समारोहको अवधिमा कोभिड-१९ को फैलावटलाई नियन्त्रणमा राख्न प्रभावकारी प्रणालीको स्थापना पनि गरेको छ । लुप यातायात तथा सुरक्षित बबल ओलम्पिक गाउँको अवधारणा र यसको परीक्षण पनि भइसकेको छ । जसबाट खेलाडी तथा पदाधिकारीहरू शतप्रतिशत सुरक्षित रहने पक्का छ । 

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र चीनले सफल आयोजनाकालागि सावधानीपूर्वक योजना बनाएका छन् । जनवरी २३ देखि मार्च १३ सम्मका सबै खेलहरू बबलमा आयोजना गर्ने निर्णय गरेको छ । यो बबलभित्र सबै खेलस्थल, स्टेडियम, अभ्यास स्थल, भोजनगृह, खानपानस्थल तथा आवास रहने छ । सबै कर्मचारी, पदाधिकारी तथा खेलाडीहरूलाई यस बबलबाट बाहिर जाने अनुमति दिइने छैन । जहाँ खोप लगाएका खेलाडीहरू र पदाधिकारीहरूलाई खोप लगाएको प्रमाणको आधारमा बबलमा प्रवेश दिइने छ । यसबाहेक, खोप नलगाएका खेलाडी तथा पदाधिकारीहरू बबलमा प्रवेश गर्न अघि क्वारेन्टाइनमा बस्न २१ दिन पहिले आइपुग्नु पर्ने छ । यसै गरी, सावधानी अपनाउन सहभागी सबैको दैनिक रूपमा जाँच पनि गरिने छ । 

बेइजिङ ओलम्पिक आयोजक कमिटीले सुव्यवस्थित तथा सुरक्षित खेल आयोजनाकालागि स्पष्ट नीति र सिद्धान्त अपनाएको छ । जस अनुरूप कोभिड-१९ रोकथाम प्रोटोकल अनुसार अर्थात् खोप नलिएका खेलाडीहरूले २१ दिनसम्मको क्वारेन्टाइनमा राखिने स्पष्ट नीति रहेको छ । खोप लगाएका खेलाडीहरू बबलमा रहने छन् भने खेलस्थलमा चिनियाँ घरेलु दर्शक हुने छन् । अन्तर्राष्ट्रिय दर्शकहरूलाई आमन्त्रण नगर्ने निर्णय चीनले यसअघि नै गरिसकेको छ र सार्वजनिक जनस्वास्थ्य हितकालागि यो निर्णयप्रति अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले पनि सहमति जनाइसकेको छ । गत वर्ष कोभिड-१९ बीच आयोजित टोकियो गृष्मकालीन ओलम्पिक दर्शकबिना नै गरिएको थियो । 

चीन पनि कोभिड-१९ बीच नै यति ठूलो, भव्य, मेगा इभेन्टको सफल आयोजना गर्न आवश्यक सावधानी तथा व्यवस्थापनमा चुस्त उत्रन एकदम तयार रहेको छ । कोभिड-१९ बीच आयोजना हुने यो ओलम्पिकलाई अहिलेसम्मकै उत्कृष्ट बनाउन तथा विश्वलाई चिनियाँ सत्कारको प्रदर्शनीलाई यादगार बनाउन व्याकुल रहेको छ । 

चीनले कोभिड-१९ को प्रतिकारको तयारीबाहेक खेल स्थलहरूलाई समयसापेक्ष बनाएको छ । हरित ऊर्जाको प्रयोगसँगै नयाँ नयाँ नवप्रविधियुक्त, सुविधाजनक खेलस्थलहरूको निर्माण गरेको छ । हरित धारणाद्वारा ओलम्पिक खेलकुद बेइजिङ हिउँदे ओलम्पिक खेलकुद आयोजनाको एउटा शर्त पनि हो । चीनकालागि संयुक्त राष्ट्र संघीय वातावरण कार्यालयका प्रतिनिधि थु रुइहले बेइजिङ डेलीलाई अन्तर्वार्ता दिँदै बेइजिङ हिउँदे ओलम्पिक खेलकुदले हरित धारणाद्वारा ओलम्पिक खेलकुदको तयारी गर्नुकासाथै दिगो विकास सिद्धान्त र माग अनुसार हिउँदे ओलम्पिक खेलकुदको विभिन्न कामलाई व्यवहारमा उतारेको भन्दै बेइजिङको शृङ्खलाबद्ध प्रयासको प्रशंसा गरेका छन् । 

यस्तै, बेइजिङदेखि चाङच्याखौसम्मकालागि नयाँ तीव्र गतिको रेलको निर्माण गरेको छ । बबल गाउँ सरी यो यातायात लूपमा रहने छ, जसले सुरक्षाको निश्चितता दिने छ । यसरी बेइजिङ आफ्नो प्रतिबद्धता निभाउन तयार छ । यसका अतिरिक्त खेल क्षेत्र नजिकमा प्राथमिक उपचार केन्द्र, स्वास्थ्य केन्द्र, भोजन गृह, आरामस्थलको स्थापनासँगै आवश्यक सरसामान र सेवाहरूको उपलब्धतालाई विशेष ध्यान दिएको छ ।

यसै गरी यी खेलस्थल र यी क्षेत्रहरूमा परीक्षण खेल तथा परीक्षणात्मक अभ्यास पनि गरिसकेको छ । यसै गरी, मिडिया कभरेज तथा कोभिड(१९ को कारण अन्तर्राष्ट्रिय दर्शकसहित घरेलु दर्शकमा पर्न गएको असुविधालाई मध्यनजर गरी प्रत्यक्ष प्रसारणमा विशेष ध्यान दिइएको छ । नयाँ विशेष ओलम्पिक फोर के, एट के च्यानल समेत खोलेको छ । 

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनपिनले डिसेम्बर १६ तारिख, बेइजिङ हिउँदे ओलम्पिक आयोजनाकालागि ५० दिन बाँकी रहेको अवसरमा आयोजित नियमित पत्रकार सम्मेलनमा बेइजिङ हिउँदे ओलम्पिक खेलकुदका विभिन्न तयारी कार्य मोटामोटी रूपमा सम्पन्न भइसकेको जानकारी दिँदै अन्तिम ५० दिनको समयमा सम्बद्ध परीक्षणात्मक प्रतिस्पर्धा भइरहेको बताएका थिए । 

यसै बीच, केही महिनायता अमेरिकी तथा केही पश्चिमा देशहरू आधारहीन आरोप लगाउँदै बेइजिङ हिउँदे ओलम्पिकको वहिष्कार गर्न आह्वान गर्दैआएका छन् । यद्यपि, अमेरिका, बेलायतलगायतका केही मुलुकले बेइजिङ हिउँदे ओलम्पिक खेलकुदमा पदाधिकारी पठाउनेरनपठाउने विषय एउटा राजनीतिक नाटक मात्र हो । एक त ती पदाधिकारी आउनेरनआउने कुराले बेइजिङ हिउँदे ओलम्पिक खेलकुदलाई कुनै प्रभाव पर्ने होइन त्यसबाहेक चीनले कहिले पनि ती सम्बद्ध मुलुकलाई निमन्त्रणा दिएको छैन । वास्तवमा, “ओलम्पिक चार्टर” मा स्पष्टसँग खेलकुदमा राजनीतिक निष्पक्षताको सिद्धान्त निकै महत्त्वपूर्ण रहेको प्रष्ट रूपमा उल्लेख गरिएको छ । साथै ओलम्पियाले “अझ एकता” भन्ने कुरालाई जोड दिएको छ । तर केही मुलुकले आफ्नो भेदभावपूर्ण विचार लिएर खेलकुदमाथि राजनीतिकरण गर्नु ओलम्पिया सिद्धान्त विपरीत हुनुकासाथै आफ्ना खेलाडीलगायत विभिन्न मुलुकका खेलाडीहरूको साझा हितमा समेत हानी पुर्‍याएका छन् । 

यसै बीच, संयुक्त राष्ट्र संघका महासचिव एन्टोनिओ गुटेरेस र रूसका राष्ट्रपति भ्लादिमिर पुटिन बेइजिङ हिउँदे ओलम्पिक खेलकुदको समुद्घाटन समारोहमा सहभागी हुने निश्चित भइसकेको छ । अन्तर्राष्ट्रिय समाजको साझा विश्वास नै बेइजिङ हिउँदे ओलम्पिक खेलकुदको सफलताकासाथ आयोजना हो । 

यो बेइजिङ हिउँदे ओलम्पिक खेलकुदको सफल आयोजना महासचिव सी चिनफिङको नेतृत्वको चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिले गरेको ठूलो रणनीतिक परियोजना पनि हो र चीन तथा विश्वको प्रतिबद्धता पनि हो । सन् २०१४ मा रुसमा आयोजित सोची हिउँदे ओलम्पिक खेलकुदमा सहभागी चिनियाँ प्रतिनिधि मण्डलसँग भेट गर्दै राष्ट्रपति सीले “चीनका तीस करोड व्यक्ति बरफ र हिउँ खेलमा सहभागी गराउने” इच्छा प्रस्तुत गरेका थिए । चीनमा बरफ र हिउँको विकास सी चिनफिङको इच्छा र सपना हो । धेरै वर्षपछि सी चिनफिङको उक्त सपना साकार हुँदै छ । 

यस्तै चीनसँग हिमाल र नदीनालाले जोडिएको नेपालमा पनि हिउँदे खेलको विकासको संभावना धेरै छ । यसै गरी, हिउँदे ओलम्पिकसम्बन्धित् खेलको विकास र खेलाडी उत्पादन सँगसँगै हिउँदे पर्यटनको विकासको संभावना नेपालमा प्रबल छ । नेपालमा पनि यस्तै इच्छा र सपनालाई साकार तुल्याउने व्यक्तिको खाँचो छ । यसबाहेक, खेलकुदले राष्ट्र राष्ट्रबीचको सम्बन्धमा पुलको रूपमा महत्त्वपूर्ण भूमिका खेल्दैआएको छ । चीन र नेपालबीच खेलकुद तथा हिउँदे खेलमा पनि सहकार्यको संभावना नकार्न सकिँदैन । साथै खेलाडी र पदाधिकारीलाई अन्तर्राष्ट्रिय खेल अनुभवको आदानप्रदानको अवसर पनि प्रदान गर्ने छ, जसबाट नेपालको हिमाली क्षेत्र र हिउँदे खेलकुदको उत्थानमा सहयोग पुग्ने छ । अवश्य पनि चीनको यो ओलम्पिकको अनुभव र साझा भविष्य उन्मुख चीनको साझा जीत र हितको नीति नेपालसहित विश्वभरलाई हितकर हुने छ । 

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस बाखले चिनियाँ टेलिभिजनलाई बधाई व्यक्त गर्दै भनेका छन्, यी सबै बृहत् प्रयासहरू र उत्कृष्ट तयारीका साथ हामी अहिले देख्नसक्छौँ, हामी वास्तवमै साझा भविष्यको लागि सँगै छौँ भन्न सक्छौँ, र यो साझा भविष्य विश्वभर हिउँदे ओलम्पिक खेलकुदकालागि उज्ज्वल हुने छ । 

चीन र चिनियाँ जनताले विश्वव्यापी रूपमा चिनियाँ क्षमता दर्शाउनकालागि हिउँदे ओलम्पिकलाई विशेष महत्त्व दिएको छ । यो भव्य खेल समारोहले हरित, स्वच्छ, खुला र समावेशी अवधारणालाई समेट्दै विश्व खेलकुद क्षेत्रमा नयाँ उच्च मापदण्ड खडा गर्ने विश्वास गर्न सकिन्छ । फेब्रअरी ४ मा बेइजिङको बर्डस् नेस्टमा आयोजना हुने बेइजिङ हिउँदे ओलम्पिकको समुद्घाटन समारोहले बेइजिङलाई दिने अर्को ठूलो उपलब्धिको प्रतीक्षामा सारा संसार रहेको छ ।

यो समारोहसँगै बेइजिङ गृष्मकालीन तथा हिउँदकालीन ओलम्पिक खेलकुद आयोजना गर्ने विश्वको पहिलो सहर बन्ने छ । यस अघि सन् २००८ मा आयोजित बेइजिङ गृष्मकालीन ओलम्पिक बृहत् रूपमा सफल भएको थियो । हो, बेइजिङ चाँडै नै विश्वमा एक मात्र दुई ऋतुकालीन ओलम्पिक आयोजक सहर बन्दै छ ।