९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद महेश बस्नेत, सर्वेन्द्र खनालविरूद्ध मानव अधिकार आयोगमा पर्यो उजुरी



अ+ अ-

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसदद्वय महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ (किसन) र पूर्वआइजिपी सर्वेन्द्र खनालविरूद्ध अपहरण गरेको भन्दै मानव अधिकार आयोगमा उजुरी परेको छ । बिहीबार जनता समावादी पार्टीका सांसद सुरेन्द्र यादवले आफूलाई महोत्तरीबाट अपहरण गरी काठमाडौं ल्याएको भन्दै मानव अधिकार आयोगमा उजुरी दिएका हुन्।

अपहरण गरी बन्धक बनाइ काठमाडौं ल्याएको भन्दै उनले यसअघि महानगरीय प्रहरी परिसर, सरकारी वकिल कार्यालय काठमाडौंमा किटानी जाहेरी दिए पनि दर्ता नहुँदा पुल्चोकस्थित मानव अधिकार आयोग पुगेर सांसद यादवले आफूलाई अपहरण गरेको भन्दै उजुरी दिएका हुन्।

‘सत्ता र शक्तिका आडमा उनीहरूले मेरो ज्यान लिन सक्ने अझै पनि जोखिम छ,’ सांसद यादवले दिएको निवेदनमा भनिएको छ, ‘सांसदद्वय बस्नेत र श्रेष्ठ तथा पूर्वआइजिपी खनाललाई पक्राउ गरी आवश्यक छानबिन र कारबाही गर्नुपर्छ।’

काठमाडौंबाट गएका सांसदद्वय बस्नेत, श्रेष्ठ र पूर्वआइजिपी खनालले सांसद यादवलाई वैशाख १० गते काठमाडौं ल्याएका थिए। सांसद यादवले दिएको निवेदन आयोगले बुझेको छ।