• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा ★   सत्संगको क्रममा भागदौड, ५० बढीको मृत्यु ★   दिनेश कार्तिक आरसीबीको ब्याटिङ कोच र मेन्टरमा नियुक्त

नारायणहिटी दरबार संग्रहालयमा रेष्टुरेन्ट निर्माण गर्न दिने निर्णयमा संलग्न छैन: योगेश भट्टराई



फाईल फोटो

काठमाडौ।केपी ओली नेतृत्वको सरकारमा पर्यटनमन्त्री रहनु भएका एमाले सचिब योगेश भट्टराईले नारायणहिटी दरबार संग्रहालयमा रेष्टुरेन्ट निर्माण गर्न दिने निर्णयमा आफ्नो संलग्नता नरहेको बताउनु भएको छ ।

मंगलबार साँझ  सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो घारणाा सार्बजनिक गर्दे पूर्वमन्त्री भट्टराईले आफ्नो संलग्नता रहेको भए सत्य तथ्य  हस्ताक्षर सहितको निर्णय कपी वा लिखित निर्देशन पत्र सार्वजनिक गर्न  चुनाैति दिनुभएको छ । नारायणहिटी दरबार संग्राहालयका बारेमा सार्वजनिक भएको समाचारप्रति  गम्भीर ध्यानाकर्षण भएको जनाउदै उहाँले त्यस सम्बन्धि कुनै पनि निर्णयमा आफ्नो  संलग्नता नरहेको स्पस्ट पार्नुभएको छ ।

उहाँले त्यस बारेका कुनै पनि निर्णय आफ्नो  जानकारीमा समेत नरहेको  जनाउनु भएकाे छ । भट्टराईले लेख्नुभएको छ आफ्नो संलग्नता नरहेको कुनै पनि कामप्रति मेरो जवाफदेहीता नरहने स्वत: स्पस्ट छ ।

बिना कसुर कसैको सार्वजनिक छबीमा आँच आउने समाचार र टिप्पणी नगर्न सम्बन्धित सबैमा अनुरोध गर्दछु । दरबार संग्रहालय परिसर भित्रै रेस्टुरेन्ट संञ्चालनका लागि व्यापारिक घराना बतास समुहले संरचना निर्माणको काम गरिरहेको थियो । पर्यटनमन्त्री प्रेम आलेको निर्देशन पछि मन्त्रालयले अर्को निर्णय नभए सम्म तत्काल काम रोक्न निर्देशन दिएको छ । 

 यो पनि पढ्नुहोस्-  नारायणहिटी संग्रहालय भित्र रेस्टुरेन्ट बनाउने काम रोक्का (पत्रसहित)