२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीको आरोपप्रति गगन थापाको आपत्ति



अ+ अ-

काठमाडौँ । संकटको बेला अस्थिरताको प्रयास भइरहेको प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिप्रति नेपाली काँग्रेसका युवानेता गगन थापाले कडा आपत्ति जनाएका छन् ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा भिडियो सन्देश मार्फत् प्रधानमन्त्री ओलीले आफूले राम्रो काम गर्दा गर्दै पनि केही सञ्चार माध्यम र केही तत्वहरुले अस्थिरताको प्रयास गरिरहेको आरोप लगाएपछि थापाले उक्त भनाइ सार्वजनिक गरेका हुन् । 

प्रधानमन्त्रीकाे आरोपमाथि टिप्पणी गर्दै नेता थापाले प्रधानमन्त्री आफैंले अस्थिरता निम्त्याउने काम गरिरहेको दावी गरेका छन् । नेता थापाले प्रधानमन्त्री ओलीका अधिकांश कदम अस्थिरता  निम्त्याउनेमा केन्द्रीत भएको बताएका छन् । सरकारलाई खबरदारी गर्नेहरुलाई अस्थिरतावादी देख्नु आपत्तिजनक भएको नेता थापाको भनाई छ ।

थापाले ट्वीटर र फेसबुकमा लेखेका छन्, “वाह प्रधानमन्त्रीज्यू ! महामारीको मौका छोपेर आफ्नो स्वार्थका लागि अस्थिरताको खेल खेल्ने, अनेकन प्रपञ्च रचेर परिस्थिति विगार्ने तपाईं ! गर्नु पर्ने नगर्ने, देख्नुपर्ने नदेख्ने, सुन्नुपर्ने नसुन्ने तपाईं ! अनि धम्की ति खवरदारी गर्नेहरूलाई ?”

उनले अगाडी लेखेका छन्, “कोही तर्सनेवाला छैन यो धम्कीबाट ।”