६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

चिनियाँ राजदूत यान्छीको दौडधुप

चिनियाँ राजदूत यान्छीको दौडधुप
अ+ अ-

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र अन्तरकलह तिब्र भै रहेको बेला नेपालका लागि उत्तरी छिमेकी मुलुक चीनका राजदूत हौ यान्छीको सत्तारूढ दलका शिर्ष नेताहरुसंगको भेटवार्ता तिब्र बनेको छ । हिजो मात्र प्रधानमन्त्री केपी ओलीसंग बालुवाटारमा दुई घण्टा छलफल गरेकी राजदुत यान्छीले आज बिहान नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालसंग करिब एक घण्टा छलफल गरेकी छिन् ।

खुमलटारस्थित दाहाल निबास बाट सोझौ अर्का बरिष्ठ नेता माधबकुमार नेपालको घर कोटेश्वर पुगेकी राजदूत हौ यान्छीले नेकपाका शीर्ष नेताहरुसंग पछिल्लो अवस्था पार्टी र सरकार सञ्चालनमा देखिएको असहमति, पार्टी र सरकारको नेतृत्व परिवर्तनमा चीनको सन्देश दिएको जनाइएको छ । बिहीबार मात्र नेकपा बरिष्ट नेता नेपाल चिनियाँ कम्युनिस्ट पार्टीको बिदेश बिभाग प्रमुख सोङ्ग ताओ बीच लामो मिडियो सम्बाद समेत भएको थियो । बैशाख १५ गते सोमबार राष्ट्रपति बिद्यादेवी भण्डारीलाई टेलिफोन गर्दै चिनियाँ राष्ट्रपति सी जिनपिङ्गले नेपाललाई निरन्तर सहयोग गर्ने उल्लेख गर्दै दुबै देशका स्वास्थ्य र चिकित्सकीय क्षेत्रमा सहयोगआदान प्रदान गर्ने बचन दिनुभएको छ ।

वर्तमान सरकारसंग भएका अन्य संझौताहरु पूर्ण रुपमा कार्यान्वयन हुने जनाउ दिनु भएको थियो । सबैतिरबाट नेपालमा विकसित राजनैतिक घटनाक्रमवारे चासो व्यक्त भएको अवस्थामा चिनियाँ पक्षको सक्रियतालाई चासोका साथ हेरिएको छ । यसैबीच बैशाख १७ गते बुधबार बसेको नेकपा सचिवालय बैठकमा नेताहरुबीच सहमति बन्न नसकेपछि पुनः २० गते सनिबार बैठक बस्दैछ । बैठकको पूर्बसध्यामा कुटनीतिक दौडधूप बढेको हो ।