९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनियाँ राजदूत यान्छीको दौडधुप



अ+ अ-

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र अन्तरकलह तिब्र भै रहेको बेला नेपालका लागि उत्तरी छिमेकी मुलुक चीनका राजदूत हौ यान्छीको सत्तारूढ दलका शिर्ष नेताहरुसंगको भेटवार्ता तिब्र बनेको छ । हिजो मात्र प्रधानमन्त्री केपी ओलीसंग बालुवाटारमा दुई घण्टा छलफल गरेकी राजदुत यान्छीले आज बिहान नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालसंग करिब एक घण्टा छलफल गरेकी छिन् ।

खुमलटारस्थित दाहाल निबास बाट सोझौ अर्का बरिष्ठ नेता माधबकुमार नेपालको घर कोटेश्वर पुगेकी राजदूत हौ यान्छीले नेकपाका शीर्ष नेताहरुसंग पछिल्लो अवस्था पार्टी र सरकार सञ्चालनमा देखिएको असहमति, पार्टी र सरकारको नेतृत्व परिवर्तनमा चीनको सन्देश दिएको जनाइएको छ । बिहीबार मात्र नेकपा बरिष्ट नेता नेपाल चिनियाँ कम्युनिस्ट पार्टीको बिदेश बिभाग प्रमुख सोङ्ग ताओ बीच लामो मिडियो सम्बाद समेत भएको थियो । बैशाख १५ गते सोमबार राष्ट्रपति बिद्यादेवी भण्डारीलाई टेलिफोन गर्दै चिनियाँ राष्ट्रपति सी जिनपिङ्गले नेपाललाई निरन्तर सहयोग गर्ने उल्लेख गर्दै दुबै देशका स्वास्थ्य र चिकित्सकीय क्षेत्रमा सहयोगआदान प्रदान गर्ने बचन दिनुभएको छ ।

वर्तमान सरकारसंग भएका अन्य संझौताहरु पूर्ण रुपमा कार्यान्वयन हुने जनाउ दिनु भएको थियो । सबैतिरबाट नेपालमा विकसित राजनैतिक घटनाक्रमवारे चासो व्यक्त भएको अवस्थामा चिनियाँ पक्षको सक्रियतालाई चासोका साथ हेरिएको छ । यसैबीच बैशाख १७ गते बुधबार बसेको नेकपा सचिवालय बैठकमा नेताहरुबीच सहमति बन्न नसकेपछि पुनः २० गते सनिबार बैठक बस्दैछ । बैठकको पूर्बसध्यामा कुटनीतिक दौडधूप बढेको हो ।