काठमाडाैंः सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपालबीच छलफल भइरहेको छ ।
सचिवालय बैठकको पूर्वसन्ध्यामा अध्यक्ष प्रचण्ड नेपालसँग छलफल गर्न कोटेश्वर पुगेका हुन् । नेता नेपालका सहयोगी मोहन गौतमले भोली बस्ने सचिवालय बैठकमा प्रस्तुत हुने विषयवस्तुको बारेमा छलफल गर्न नेताहरुबीच भेटघाट भएको बताए ।
बुधबार बसेको सचिवालय बैठकले पार्टीभित्र देखिएको आन्तरिक विवादका विषयमा गृहकार्य गरी शनिबारका लागि बैठक बोलाउने निर्णय गरेको थियो ।