१९ मंसिर २०८२, शुक्रबार
,
Latest
२३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम
तपाईं के खोज्दै हुनुहुन्छ ?

आलोचनात्मक चेतले लोकतन्त्रलाई सबल र समुन्नत बनाउछ : राष्ट्रपति पौडेल



अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आलोचनात्मक चेतले लोकतन्त्रलाई सबल र समुन्नत बनाउने बताउनुभएको छ । रविन्द्र शाह स्मृति प्रतिष्ठानद्वारा राजेश्वर नेपालीको ८३ औँ जन्मजयन्तीका अवसरमा आयोजित राजेश्वर नेपाली अभिनन्दन ग्रन्थ लोकार्पण समारोहलाई सम्बोधन गर्दै उहाँले लोकतन्त्रलाई आधुनिक समयको शासन प्रणालीको उच्चतम रुप मात्र नभई लोकतन्त्रका आदर्श, मूल्यमान्यतालाई हाम्रो आचरण र जीवनशैलीकारुपमा आत्मसाथ गर्दै मुलुक बनाउने अवसरमा रुपान्तरण गर्नुपर्ने बताउनुभयो ।

उहाँले आम नागरिकमा सपना, आशा र भरोसा जागृत गर्दै दीगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिवद्ध राष्ट्र निर्माणको युगिन अभिभारालाई पूरा गर्न सबै आआफनो ठाउँबाट क्रियाशील हुनुपर्ने बताउनुभयो ।

राष्ट्रपति पौडेलले लोकतन्त्र र पत्रकारिता एक अर्काका पर्याय भएको बताउँदै व्यावसायिक पत्रकारिताले लोकतन्त्रलाई बलियो बनाउने र लोकतान्त्रिक व्यवस्थामा मात्र पत्रकारिता जगतले आफ्नो व्यावसायिक धर्म निर्वाध निर्वाह गर्न पाउने बताउनुभयो । उहाँले भन्नुभयो – ‘लोकतन्त्र र पत्रकारिताको यो अन्योन्याश्रित सम्बन्धको यही विशेषताले लोकतन्त्र र पत्रकारितालाई मजबुत बनाउँदै देशको आर्थिक विकास, सामाजिक रुपान्तरण र आम नागरिकको दैनिकी सहज बनाउन राजनीति र पत्रकारिता क्षेत्र समर्पित हुनुपर्दछ ।’

राष्ट्रपति पौडेलले राजेश्वर नेपालीलाई आफूले एउटा कट्टर लोकतन्त्र र राष्ट्रवादी व्यक्तिका रुपमा चिनेको उल्लेख गर्दे उहाँ निर्भिक पत्रकार, सादा जीवन र उच्च विचारका परिवर्तनप्रेमी प्रेरक व्यक्ति भएको बताउनुभयो । राजेश्वर नेपालीले निरंकुशताबाट जनताको उन्मुक्तिका लागि जेननेलको कुनै प्रवाह नगरि एउटा कवि र कलमजीवीकारुपमा भाषा, साहित्य र संस्कृति मात्र होइन, मिसन पत्रकारितादेखि लोकतान्त्रिक मूल्य मान्यता एवम् आदर्शको लागि प्रेस र प्रजातन्त्र सेनानीका रुपमा आफूलाई उभ्याउन कहिँकतै नचुकेको राष्ट्रपति पौडेलको भनाई थियो ।