२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

आलोचनात्मक चेतले लोकतन्त्रलाई सबल र समुन्नत बनाउछ : राष्ट्रपति पौडेल

आलोचनात्मक चेतले लोकतन्त्रलाई सबल र समुन्नत बनाउछ : राष्ट्रपति पौडेल
अ अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आलोचनात्मक चेतले लोकतन्त्रलाई सबल र समुन्नत बनाउने बताउनुभएको छ । रविन्द्र शाह स्मृति प्रतिष्ठानद्वारा राजेश्वर नेपालीको ८३ औँ जन्मजयन्तीका अवसरमा आयोजित राजेश्वर नेपाली अभिनन्दन ग्रन्थ लोकार्पण समारोहलाई सम्बोधन गर्दै उहाँले लोकतन्त्रलाई आधुनिक समयको शासन प्रणालीको उच्चतम रुप मात्र नभई लोकतन्त्रका आदर्श, मूल्यमान्यतालाई हाम्रो आचरण र जीवनशैलीकारुपमा आत्मसाथ गर्दै मुलुक बनाउने अवसरमा रुपान्तरण गर्नुपर्ने बताउनुभयो ।

उहाँले आम नागरिकमा सपना, आशा र भरोसा जागृत गर्दै दीगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिवद्ध राष्ट्र निर्माणको युगिन अभिभारालाई पूरा गर्न सबै आआफनो ठाउँबाट क्रियाशील हुनुपर्ने बताउनुभयो ।

राष्ट्रपति पौडेलले लोकतन्त्र र पत्रकारिता एक अर्काका पर्याय भएको बताउँदै व्यावसायिक पत्रकारिताले लोकतन्त्रलाई बलियो बनाउने र लोकतान्त्रिक व्यवस्थामा मात्र पत्रकारिता जगतले आफ्नो व्यावसायिक धर्म निर्वाध निर्वाह गर्न पाउने बताउनुभयो । उहाँले भन्नुभयो – ‘लोकतन्त्र र पत्रकारिताको यो अन्योन्याश्रित सम्बन्धको यही विशेषताले लोकतन्त्र र पत्रकारितालाई मजबुत बनाउँदै देशको आर्थिक विकास, सामाजिक रुपान्तरण र आम नागरिकको दैनिकी सहज बनाउन राजनीति र पत्रकारिता क्षेत्र समर्पित हुनुपर्दछ ।’

राष्ट्रपति पौडेलले राजेश्वर नेपालीलाई आफूले एउटा कट्टर लोकतन्त्र र राष्ट्रवादी व्यक्तिका रुपमा चिनेको उल्लेख गर्दे उहाँ निर्भिक पत्रकार, सादा जीवन र उच्च विचारका परिवर्तनप्रेमी प्रेरक व्यक्ति भएको बताउनुभयो । राजेश्वर नेपालीले निरंकुशताबाट जनताको उन्मुक्तिका लागि जेननेलको कुनै प्रवाह नगरि एउटा कवि र कलमजीवीकारुपमा भाषा, साहित्य र संस्कृति मात्र होइन, मिसन पत्रकारितादेखि लोकतान्त्रिक मूल्य मान्यता एवम् आदर्शको लागि प्रेस र प्रजातन्त्र सेनानीका रुपमा आफूलाई उभ्याउन कहिँकतै नचुकेको राष्ट्रपति पौडेलको भनाई थियो ।